वि एण्ड सी अस्पतालले अधिकांश कोभिड बिरामीलाई सफल उपचार गरेको दावी, हेलिकप्टरमा आउनेको संख्या दिनहुँ वृद्धि

  नयाँ बुलन्द
308 Shares

 


इलाम : झापाको बिर्तामोडमा रहेको वि एण्ड सी टिचिङ्ग अस्पतालमा कोरोना संक्रमण पछि उपचारमा पुग्ने अधिकांशले कोरोना जितेर फर्कने गरेको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमणका कारण बिभिन्न अस्पताल पुगे पनि ज्यान गुमाउनेको संख्या दैनिक बढ्दै जाँदा झापाको बिर्तामोडमा रहेको यो अस्पतालले भने उपचारमा आउनेहरु कमैले मात्रै ज्यान गुमाएको दाबी गरेको हो ।

शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईले संक्रमितको उपचारमा कुनै कसर बाँकी नराखेको र अधिकाँसलाई निको पारेर घर फर्काइको जनाएका छन् ।

‘संक्रमित बिरामीहरुलाई बिश्वस्तरिय अत्याधुनिक स्वास्थ्य उपकरणहरु, दक्ष चिकित्सक, नर्स तथा अन्य प्रविधिक जनशक्तिको अधिकतम् परिचालनगरि गुणस्तरिय स्वास्थ्य उपचार गरिरहेकोछ,’ विज्ञप्तिमा भनिएको छ ‘फलस्वरुप यस अस्पतालमा उपचारको लागि भर्ना भएका विरामीहरु सफल उपचारपछि निको भएर घर जाने दर उच्च छ ।’

अस्पतालमा २०० बेड कोभिड विरामीको उपचारको लागि छुट्टियाईएको र जसमध्ये ७० आईसियु बेड रहेको उल्लेख गर्दै अस्पतालले ६५ वटा भेन्टिलेटरहरुबाट संकमित विरामीको उपचार भईरहेको बताएको छ ।

अस्पताल प्रति विश्वास बढ्दै, एयर लिफ्ट गरि आउने बढे
महामारी नियन्त्रणमा अस्पतालको उपचार सेवा गुणस्तरिय र भरपर्दो भएकाले काठमाडौँसहित देशका बिभिन्न स्थानबाट हेलिकोप्टरबाट समेत उपचारका लागि आउने क्रम बढेको छ ।

‘नेपालगञ्ज, मुगु, डोटी, कैलाली, दाङ्ग, चितवन, विरगञ्ज, ओखलढुङ्गा, सोलुखुम्वु, पोखरा लगाएत एवम् विशेषतः काठमाण्डौमा कोरोना संकमणका कारण संवेदनशिल अवस्थामा पुगेका र ति स्थानहरुमा उचित उपचार सम्भव नभएका कारण बि. एण्ड सी अस्पतालमा आएर उपचार गराईरहेका छन्,’ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले भने ‘अस्पताल प्रति विश्वास एवम् भरोसागरि उपचारको लागि हालसम्म २२ जना एयर लिफ्ट गरि आईसकेका छन् ।’

एयर लिफ्टबाट आउनेहरुको आई.सि.यु, एच डी यु तथा कोभिड वार्डमा उपचार भईरहेको र उनिहरुको अवस्था सुधारउन्मुख रहेको अस्पतालले जनाएको छ ।

शनिबार मात्रै पनि आजै मात्र जनता बैंकका पुर्व अध्यक्ष एवम् हाल ग्लोवल बैंकका निर्देशक श्री केशव रायामाझी र उनकी श्रीमती पवित्रा रायामाझी हेलिकप्टर एयर वेड सिफ्ट गरि कोरोना संक्रमणको उपचारको लागि बि. एण्ड सी.अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ ।

अस्पतालले प्रेस विज्ञप्ति मार्फत यस्तो परिस्थीतीमा देशब्यापीरुपमा स्वास्थ्य संकटकालको घोषणा गरि नेपाली जनताको जीवन रक्षाको लागि नेपाल सरकारले तुरुन्त निर्णय गरि स्वास्थ्य क्षेत्रमा देखिएको यो भयावह स्थितीको उचित सामाधान गर्न आग्रह समेत गरेको छ ।

महामारीको समयमा देशमा चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुको ठुलो अभाव देखिएकोले हाल विभिन्न कारणले विदामा बसेका चिकित्सक, नर्स, तथा अन्य स्वास्थ्यकर्मीहरुलाई कोभिड संक्रमणको कारण छटपटाईरहेका विरामीहरुको उपचारको निम्ति आ–आफ्नो काममा फर्कन पनि अस्पतालले अनुरोध गरेको छ ।

प्रेस विज्ञप्ती
कोभिड १९ को दोस्रो लहरको तिब्र संकमणका कारण हाल नेपालमा कोरोना संकमणका विरामीहरुको सङ्ख्या दिनानुदिन उच्चरुपमा वृद्धी भईरहेकोछ, देशमा विरामीको लागि आवश्यकपर्ने प्राणवायु अक्सिजनको उच्च अभाव देखिएकोछ, सुविधासम्पन्न कोभिडकेयर वेड, एच.डि.यु तथा आईसियु वेडको चरम अभाव भएकोछ साथै कतिपय अस्पतालहरुमा गणस्तरिय भेन्टिलेटर तथा अन्य स्वास्थ्य सामाग्रीहरुको अभाव रहेको कारण ठुलो सङ्ख्यामा कोरोना संकमीत विरामीहरुको ज्यान गईरहेको तपाई संचारकर्मी साथीहरुलाई अवगतैछ ।
यस्तो परिस्थीतीमा देशब्यापीरुपमा स्वास्थ्य संकटकालको घोषणा गरि नेपाली जनताको जीवन रक्षाको लागि नेपाल सरकारले तुरुन्त निर्णय गरि स्वास्थ्य क्षेत्रमा देखिएको यो भयावह स्थितीको उचित सामाधान गर्नुपर्ने आजको आवश्यकता हो । यो महामारीको समयमा देशमा चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुको ठुलो अभाव देखिएकोले हाल विभिन्न कारणले विदामा बस्नु भएका सम्पुर्ण चिकित्सक, नर्स, तथा अन्य स्वास्थ्यकर्मीहरुलाई कोभिड संक्रमणको कारण छटपटाईरहेका विरामीहरुको उपचारको निम्ति आ–आफ्नो काममा फर्कन विनम्र अनुरोध सहित आब्हान गर्दछु ।
हाल देशमा कोभिडको कारण सृजना भएको यो विकराल समयमा यस बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च सेन्टर, बिर्तामोड, झापाले प्रदेश नं. १ का विरामीको साथसाथै देशका विभिन्न स्थानहरु नेपालगञ्ज, मुगु, डोटी, कैलाली, दाङ्ग, चितवन, विरगंज, ओखलढुङ्गा, सोलुखुम्वु, पोखरा लगाएत एवम् विशेषतः काठमाण्डौमा कोरोना संकमणका कारण संवेदनशिल अवस्थामा पुगेका र ति स्थानहरुमा उचित उपचार सम्भव नभएका कारण बि. एण्ड सी अस्पतालको विश्वास एवम् भरोसागरि उपचारको लागि हालसम्म २२ जना एयर लिफ्ट गरि आईसकेकाछन्, उहाँहरुको आई.सि.यु, एच डी यु तथा कोभिड वार्डमा उपचार भईरहेकोछ र उहाँहरुको अवस्था सुधारउन्मुखछ । त्यसैकममा आजै मात्र जनता बैंकका पुर्व अध्यक्ष एवम् हाल ग्लोवल बैंकका निर्देशक श्री केशव रायामाझी र उहाँकी श्रीमती पवित्रा रायामाझी हेलिकप्टर एयर वेड सिफ्ट गरि कोरोना संक्रमणको उपचारको लागि बि. एण्ड सी.अस्पतालमा आउनुभएकोछ । संक्रमित विरामीहरुलाई बिश्वस्तरिय अत्याधुनिक स्वास्थ्य उपकरणहरु, दक्ष चिकित्सक, नर्स तथा अन्य प्रविधिक जनशक्तिको अधिकतम् परिचालनगरि गुणस्तरिय स्वास्थ्य उपचार गरिरहेकोछ, फलस्वरुप यस अस्पतालमा उपचारको लागि भर्ना भएका विरामीहरु सफल उपचारपछि निको भएर घर जाने दर उच्च रहेको र यस अस्पतालमा विरामीहरुको मृत्युदर अत्यन्तै न्युन रहेको जानकारी गराउँछु । अहिले यस अस्पतालमा २०० बेड कोभिड विरामीको उपचारको लागि छुट्टियाईएकोछ, जसमध्ये ७० आईसियु बेड रहेकाछन् भने अस्पतालमा ६५ बटा भेन्टिलेटरहरुबाट संकमित विरामीको उपचार भईरहेको छ ।
देश र जनताप्रती सदैव उत्तरदायी रहेको वि.एण्ड सी. अस्पताल परिवार कोभिडको यो परिस्थितीमा कुनैपनि विरामीले उपचार अभावमा मृत्युवरण गर्नुनपरोस भन्नेतर्फ सजक रहेकोछ । हालसम्म यो महामारीको अवस्थामा विरामीको सफल उपचार गराउनको लागि यस अस्पतालमा अहोरात्र खटिईरहनु भएका तपाई चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मीहरु एवम् कर्मचारीहरु, संचारकर्मी मित्रहरुले गर्नुभएको सहयोगको लागि अस्पताल परिवार धन्यवाद ब्यक्त गर्दछौं साथै आगामी दिनहरुमा तपाई संचारकर्मी मित्रहरु, स्थानीयवासीहरु तथा आम नेपाली दाजुभाई दिदीबहिनीहरुको साझेदारी तथा सहयोगको निरन्तर अपेक्षा गर्दछु ।
धन्यवाद ।

दुर्गा प्रसाद प्रसाई,
कार्यकारी निर्देशक, बि एण्ड सी टिचिङ्ग अस्पताल, बिर्तामोड, झापा
मिति २०७८ जेष्ठ ०१– लाइट नेपालबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार