पाँचथरका पत्रकारलाई कोरोनाको जोखिममा सुरक्षित रिपोर्टिङ गर्ने सम्बन्धि प्रशिक्षण

  युद्धबहादुर बोहोरा
350 Shares

 

पाँचथर : पाँचथरका पत्रकारलाई कोरोनाको जोखिममा सुरक्षित रिपोर्टिङ गर्न र मल्टिमिडिया टुल्सको प्रयोग गर्ने सम्बन्धि बुधबार प्रशिक्षण गरिएको छ ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आयोजना तथा नेपाल इभेष्टिगेटिभ मल्टिमिडिया जर्नालिजम नेटवर्कको सहकार्यमा जुम प्रविधिको माध्यमबाट करिब एक घन्टा २० मिनेट लामो भर्चुअल छलफल तथा प्रशिक्षण सम्पन्न भएको छ ।
कोरोना भाईरसको संक्रमणले उत्पन्न गरेको जटिल परिस्थितिमा सुरक्षित रहेर काम गर्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै प्रशिक्षण संचालन गरिएको संघका जिल्ला शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए ।

अध्यक्ष बाँस्कोटाले प्रस्तुत गरेको उक्त कार्याशाला मल्टिमिडिया जर्नालिष्ट तथा निमजेनका सम्पादक रजनिश भण्डारीद्वारा प्रशिक्षण गरिएको थियो । कोरोना महामारीका बेला स्वास्थ्य जोखिमबाट बचेर कसरी सुरक्षित रिपोर्टिङ गर्ने,संचारकर्मीले मल्टिमिडिया टुल्स कसरी चलाउने र कसरी फ्याट चेक गर्ने ? लगायतका सवालमा प्रशिक्षण साथै सहभागीले राखेका जिज्ञासाहरुलाई प्रष्ट्याएका थिए ।

प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले कार्यशालामा सम्बोधन गर्दै आम नागरिकलाई कोरोना महामारीको सचेतना,सन्देश र सुचना प्रवाह गर्न संचार माध्यमले ८५ प्रतिशत भूमिका निर्वाह गरेको दावी गरे । सुचना दिने काममा समाज प्रति पत्रकारको दायित्व र पेशागत धर्म भएको हुँदा निरन्तर क्रियाशिल भएर लाग्न आग्रह गर्दै सुचनाको वास्तविक श्रोत र प्रमाण सहित सम्प्रेषण गर्न समेत सुझाव दिए ।

पत्रकार महासंघ १ नम्बर प्रदेशका अध्यक्ष लिलाबल्भ घिमिरे, प्रदेश समितिका सदस्य,इलाम,झापा,तेह्रथुम,मनाङ लगायतका जिल्ला शाखा अध्यक्ष,अधिकाँश पाँचथरका पत्रकार सहित ६५ जना पत्रकारहरु जुम प्रविधिमा जोडिएर कार्यक्रममा सहभागिता जनाएका थिए ।

कार्यक्रमको समापन गर्दै अन्यत्यमा आगामी दिनमा पत्रकारका क्षमता विकासका लागि विभिन्न तालिम,कार्यशाला तथा फेलोसिफका कार्यक्रम अघि बढाइने अध्यक्ष बाँस्कोटाले प्रतिवद्धता व्यक्त गरेका छन् । संघका केन्द्रिय अध्यक्ष,प्रशिक्षक तथा सहभागीहरु सबैलाई सहभागिताको लागि धन्यवाद समेत ज्ञापन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार