माई : इलामको माई नगरपालिकामा राष्ट्रिय युवासँग नगर कमिटी र युवा सशक्तीकरण समूह माई नगरको संयुक्त आयोजनामा कोरोना भाइरस (कोभिड १९) विरुद्ध सचेतना कार्यक्रम संचालन भएको छ ।
सुखानीसहित फन पार्क झापादेखि माई प्रवेश गर्ने नाकामा नि:शुल्क मास्क र सेनिटाइजर वितरण गरिएको राष्ट्रिय युवासंघ नगर कमिटी अध्यक्ष कुमार लिम्बूले जानकारी दिए ।
नगपालिकामा पहिलेको जस्तो सामान्य अवस्था नभएकाले सचेत हुनुपर्ने भन्दै अभियान संचान गरिएको बताए । कोरोनाबाट बच्न अनावश्यक घर बाहिर नजान अपिल गरिएको युवा सशक्तिकरण समूहका संयोजक दिपेन्द्र सुब्बाले बताए ।
अभियानका क्रममा ४ सय बढी मास्क वितरण गरिएको छ ।
राष्ट्रिय युवा संघ र युवा सशक्तीकरण समुहका २० जना युवाहरु भेला भई माई नगरपालिका प्रवेश गर्ने प्रत्येक गाडीमा निशुल्क मास्क वितरण गर्नुका साथै सेनिटाइजर प्रयोग गर्न र घ मा नै बस्न अनुरोध गरेका छन् ।