फाल्गुनन्दमा वडा स्तरीय पुरुष फुटबल टिम छनौट

  युद्धबहादुर बोहोरा
42 Shares

 

पाँचथर : फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ५ मा वडा स्तरीय पुरुष फुटबल टिम छनौट गरिएको छ ।

वडाको आर्थिक सहयोगमा फाक्तेप युथ क्लब (पीवाइसी) ले आयोजना गरेको साविकको नौ वटा वडाका टिमहरुको खेल शनिबार सम्पन्न भएको छ ।
निर्माणधिन पीवाइसी वीरइन्द्र रंगशालामा चैत १९ देखि २१ गते सम्म संचालन गरिएको खेलमा वडा नम्बर १,२,५ र ८ टिम सेमिफाइनलमा प्रवेश गरेका थिए ।
उक्त टिम मध्ये वडा नम्बर १ र ८ फाइनलमा अन्तिम सम्म बराबरी भएपछि टाइबेकरमा १ गोल अन्तरले उछिन्दै साविक वडा नम्बर १ प्रथम स्थान हाँसिल गर्न सफल भएको छ ।

क्लबका अध्यक्ष पंच कुमार चेम्जोङको अध्यक्षतामा समापन भएको खेलमा विजयी टिमलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङ तथा विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकद्वारा नगद १० हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरेको क्लब सचिव नविन कुमार चेम्जोङले जानकारी दिए ।
त्यस्तै,दोस्रो हुनेमा वडा नम्बर ८ ले नगद छ हजार रुपैयाँ र प्रमाणपत्र पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार