नामसालिङ : नामसालिङ्गमा शुक्रबार महिलामा हुने मासिक महिनावारी सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
नामसालिङ्ग सामुदायिक बिकास केन्द्र (एनसीडीसी) को आयोजनामा भएको कार्यक्रममा घर परिवार टोल छिमेक गाउलाई कसरी महिनावारी हुन्दा मर्यादित बनाउन सकिन्छ भन्ने बारे भएको कार्यक्रम राधा पौडेल फाउन्डेसनको रणनिती साझेदारि तथा नेपाल सामुदायिक बिकास केन्द्र्को सहयोगमा ३ दिवसिय मर्यादित महिनावारी कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सहजिकरण राधा पौडेल फाउन्डेसनकि अध्यक्ष राधा पौडेल र अनुपमा रेग्मिले गरेकी थिइन ।कार्यक्रममा शिक्षक बिद्यार्थी जनप्रतिनिधि स्थानिय महिलाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै सहजकर्ताहरुले महिनावारी भनेको के हो ? महिनावारी सम्बन्धि अन्धविश्वास हरु के के हुन कसरी सजक रहने अन्धविश्वासलाई कसरी मानिशमा भएको भ्रम लाई नष्ट गर्ने भन्ने विषयमा छलफल भयो ।यता कार्यक्रमका सहभागिहरुले पनि यसलाई सबै सामु खुलेर कुरा गर्ने वातावरण सिर्जना गर्नु पर्ने बताएको नामसालिङ्गबाट संचारकर्मी एलिस सुवेदीले जानकारी दिए । कार्यक्रम नामसालिङ्ग सामुदायिक विकास केन्द्रको भवनमा भएको हो ।
कार्यक्रमको संचालन नामसालिङ्ग सामुदायिक विकास केन्द्रका प्रदिप घिमिरेले गरेका थिए ।