रोङमा वडा स्तरीय फुटबल छनोट सुरु

  नयाँ बुलन्द
0 Shares


रोङ : जिल्लाको रोङ गाउँपालिकामा वडा स्तरीय फुटबलका लागि प्रत्येक वडामा छनोट खेलहरू भइरहेको छ ।

रोङ कप खेलका लागि वडा स्तरीय छनोट भइरहेको हो । रोङ गाउँपालिका वडा नम्बर ३ को छनोट खेल आज देखि सुरु भएको छ ।

शान्ति निकेतन माध्यमिक विद्यालयको खेलमैदानमा सो छनोट खेल भएको छ । वडा नम्बर ३ खेलकुद अध्यक्ष राजन गुरूङको अध्यक्षता वडा सदस्य जनप्रतिनिधि टेकबहादुर विश्वकर्माको प्रमुख अतिथ्यता, जनप्रतिनिधि इन्दिरा सिलवालको विशेष अतिथ्य तथा विभिन्न खेल प्रशिक्षक, खेल संयोजक, सदस्य लगायतको अतिथ्य रहेको खेलको आज उद्घाटन गरिएको छ ।

छनोट खेलमा महिला तथा पुरूषको फुटबल र भलिबल खेल हुने अध्यक्ष राजन गुरूङले जानकारी दिए । छनोट खेल आगामी माघ ८ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै वडा नम्बर ४ को छनोट खेल सम्पन्न भइसकेको छ ।

रोङ ४ मानाबुङ स्थित खेलमैदानमा भएको खेलमा महिला तथा पुरूष फुटबल र भलिबल गरी ४७ जना खेलाडी छनोट भएको वडा नम्बर ४ खेलकुद छनोट समितिका अध्यक्ष राम राईले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार