पाँचथरमा जागरण फाउण्डेशनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

  नयाँ बुलन्द  143 पटक हेरिएको

 

पाँचथर : फिदिम नगरपालिका – ७,रानिटार स्थित प्रगतिशिल आधारभूत विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

जागरण फाउण्डेशन नेपाल ,फिदिम पाँचथरले विद्यालयमा आयोजित एक कार्यक्रमका बीच जाडोमा विद्यार्थीलाई स्विटर वितरण गरेको हो ।
फिदिम- ७,रानिटार घर भइ हाल फिदिम बजारमा व्यावसाय गर्दै गरेका व्यापारी नरेन्द्र प्रसाद अधिकारीको सौजन्यमा उक्त कपडा उनकै हातबाट गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष प्रदिप बाँस्कोटाले जानकारी दिए ।
फाउन्डेसनका अध्यक्ष बाँस्कोटाको अध्यक्षतामा तथा दाता अधिकारीको प्रमुख आतिथ्यता र विद्यालयका शिक्षक,अभिभावक साथै विद्यार्थीहरुको उपस्थिति थियोे ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक श्रीनारायण विश्वकर्माले
विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएकोमा दाता प्रति धन्यवाद ज्ञापन गरेका थिए ।
यस संस्थाको पहलमा फिदिम- ७,माक्लुम्वा रानिटारमा रहेको पंन्चकन्या आधारभूत विद्यालयमाका ४५ जना विद्याथीहरुलाई पुस्तक बोक्ने झोला पनि अधिकारीले उपलब्ध गराए छन् ।
संस्थाको अगुवाईमा स्थानीय समाजसेवी डम्वर विक्रम मुखियाले फिदिम -७ नाँङ्लपाका ११ जना फुटवल खेलाडीहरुलाई फुटवल सामाग्री जर्सी र बल प्रदान गरेका थिए भने फिदिम-१ का निर्माण व्यवसायी सुजन नेम्वाङले नाँङ्लपा फुटवल खेलाडीलाइ २ वटा फुटवल समेत हस्तान्तरण गरेको स्थानीय पत्रकार रामप्रसाद बाँस्कोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार