देशभर थप १६१४ जनामा कोरोना संक्रमण, थप २३ जनाको मृत्यु

देशभर थप १६१४ जनामा कोरोना संक्रमण, थप २३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४९१ जनाको परीक्षण हुँदा १६१४ जना संक्रमित भेटिएका हुन् । आज थपिएका संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा १ हजार ४ सय १२ जना संक्रमितको मृत्यु भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ ।

आज देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार