फालेलुङमा लिम्बुवानको एक दिने प्रशिक्षण

पाँचथर : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च, नेपाल फालेलुङ गाउँपालिकाको आयोजनामा एक दिने राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार सम्पन्न बिधा प्रचार माविको भवन नाम्लुवामा सम्पन्न प्रशिक्षणमा जिल्ला अध्यक्ष सागर केरुङ्ले सहजीकरण गरेका थिए ।

४२ जना सहभागी गाउँपालिका कार्यसमितिका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा जिल्ला सदस्यद्वय प्रकाश केरुङ्, तिलबहादुर केरुङ्, संघीय बिद्यार्थी युनियन जिल्ला अध्यक्ष सुबास नुनाम केरुङ, संघीय युवा मञ्च,जिल्ला सचिव रामचन्द्र नेम्बाङ, सहसचिव गगन जबेगु, सदस्य सुजन मादेन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम गाउँपालिका अध्यक्ष कुमार केरुङ्को अध्यक्षतामा र सचिव कुमार यवाको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार