फाकफोकथुमका एक सय जनाको पिसिआर परिक्षण गर्दा, सबैको रिर्पोट नेगेटिभ

  युद्धबहादुर बोहोरा
7 Shares

इलाम : फाकफोकथुम गाँउपालिका वडा नम्बर १ र २ का एक सय जनाको कोरोना भाइरसको पिसिआर परिक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको छ ।

केही दिन अघि वडा न.–२ स्थित खाम्बाङ्गको जरिङ्गे निवासी एक जनाको कोरोना परिक्षणमा पिसिआर रिर्पोट पोजेटिभ देखिएको र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ्ग पछि स्वाब संकलन गरि परीक्षणमा पठाएको थियो ।
गाँउपालिका भित्र कोरोना संक्रमित भेटिएपछि कार्यालयले २२ गते सोमबार देखि सुचना जारी गरि अर्को सुचना नआउन्जेल सम्म शंकास्पद क्षेत्र शिल गरिएको थियोे ।

रिर्पोट सबैको नेगेटिभ आएपछि स्थानीयमा त्रास न्यून हुने साथै वातावरण थप सहज बनाउन शिल खुल्ला गर्न सूचना जारि गरिने गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।
संक्रमित व्यक्ति केही दिन अघि लडेर मेरुदण्ड तथा करङ्गको भागमा असर पुगेको र कोरोनाको समेत धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार