१ वर्षमा २ हजार बढिले लिए परिवार नियोजन सम्बन्धी सेवा

  नरेन इलामेली
0 Shares

माईजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा एक बर्षमा दुई हजार बढीले परिवार नियोजन सम्बन्धि सेवा लिएका छन् । गत आर्थिक बर्ष २०७६ ̷ ०७७ मा गाउँपालिका भित्र रहेका पाँचवटा स्वास्थ्य संस्थाबाट दुई हजार एक सय १५ जनाले परिवार नियोजन सम्बन्धि सेवा लिएका हुन् । गाउँपालिकाका ५ वटा वडामा रहेका स्वास्थ्य संस्थाबाट तीन सय ७७ जना महिलाले पिल्स चक्की, आठ सय ७५ जनाले डिपोप्रोभेरा सुई, ६८ जनाले आईयूसीडी, तीन सय ८२ जनाले इम्प्लान्ट, चार सय जना पुरुषले कण्डम र १३ जनाले गर्भपतन सम्बन्धि सेवा लिएको स्वास्थ्य संस्थाहरुको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गाउँपालिकाको केन्द्र नयाँबजारमा रहेको नयाँवजार स्वास्थ्य चौकीबाट तीन सय ३१ जनाले सेवा लिएका छन् । जसमध्ये ५३ जनाले पिल्स, एक सय ५४ जनाले डिपोप्रोभेरा सुई, १ एक सय ४० जनाले इम्प्लान्ट, ४० जनाले आइयूसीडी लिएका छन् भने ६७ जना पुरुषले कण्डम लिएका छन् । त्यस्तै उक्त स्वास्थ्य चौकीबाट १३ जनाले गर्भपतन सम्बन्धि सेवा लिएको नयाँबजार स्वास्थ्य चौकीकी प्रमुख संगीता उप्रेतीले जानकारी दिइन् ।

जोगमाई स्वास्थ्य चौकीबाट दुई सय ७६ जनाले सेवा लिएका छन् । जसमध्ये २४ जनाले पिल्स, एक सय पाँच जनाले डिपोप्रोभेरा सुई, एक सय ३३ जनाले इम्प्लान्ट र पाँच जनाले कण्डम लिएको जोगमाई स्वास्थ्य चौकीका प्रमुख देबेन्द्र थेबेले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाको वडा नं ३ मा रहेको नामसालिङ्ग स्वास्थ्य चौकीबाट सात सय ३३ जनाले परिवार नियोजन सम्बन्धि सेवा लिएका छन् । जसमध्ये दुई सय दश जनाले पिल्स, तीन सय ५२ जनाले डिपोप्रोभेरा सुई, ३१ जनाले आइयूसीडी र १४० जनाले कण्डम लिएको स्वास्थ्य चौकीकी प्रमुख खड्ग कुमारी मगरले जानकारी दिईन् ।

सोयाङ्ग स्वास्थ्य चौकीबाट चार सय ४३ जनाले सेवा लिएका छन् । जसमध्ये ७५ जनाले पिल्स, एक सय ८८ जनाले कण्डम, १८ जनाले इम्प्लान्ट र एक सय ६२ जनाले डिपोप्रोभेरा सुई लिएका छन् । डिपोप्रोभेरा लिने मध्ये ७३ जना नयाँ प्रयोगकर्ता रहेको स्वास्थ्य चौकीका प्रमुख राहुल आचार्यले जानकारी दिए ।

त्यसतै प्याङ्ग प्राथमिक स्वास्थ्य केन्द्रबाट तीन सय ४१ जनाले सेवा लिएका छन् । जस मध्ये १५ जनाले पिल्स, एक सय दुई जनाले डिपोप्रोभेरा सुई, ३३ जनाले आइयुसीडी र ३१ जनाले कण्डम लिएको प्राथमिक स्वास्थ्य केन्द्रका अहेब दिलिप कुमार उराउले जानकरी दिए ।

गाउँपालिकाको नयाँबजार स्वास्थ्य चौकी र प्याङ्ग प्राथमिक स्वास्थय केन्द्रबाट गर्भपतन सम्बन्धि समेत सेवा प्रदान गरिन्छ । तर हाल जनशक्ति अभावका कारण प्याङ्ग प्राथमिक स्वास्थ्य केन्द्रबाट भने गर्भपतन सम्बन्धि सेवा दिन नसकिएको अहेव उराउले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार