माईजोगमाईमा सशस्त्र प्रहरीसँग सम्पर्कमा आएका सबैको रिर्पोट नेगेटिभ

माईजोगमाई : सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर १ इलाममा कार्यरत कोरोना संक्रमित ३५ बर्षिय शसस्त्र प्रहरी जवानसँग सम्पर्कमा आएका माईजोगमाई गाउँपालिका वडा नम्बर ४ का सबैको रिर्पोट नेगेटिभ आएको छ ।

उनको ६ जनाको परिवारसहित स्वाब संकलन गरिएको २३ जनामा कोरोनाको संक्रमण नदेखिएको माईजोगमाई स्वास्थ्य शाखा प्रमुख रामशंकर देवले जानकारी दिए र।

उनीहरु सबैको गत १३ साउनमा स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको थियो । गत २७ असारमा बिदामा आएका शसस्त्र प्रहरी जवानलाई ११ साउनमा कोरोनाको संक्रमण देखिएपछि कन्टयाक ट्रेसिङमा आएकाहरुको स्वाब संकलन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार