समाजवादी विद्यार्थी युनियनले भन्‍यो : निजी विद्यालयलाई लकडाउन अवधिको शुल्क नदिनू

काठमाडौं : समाजवादी विद्यार्थी युनियनले निजी विद्यालयलाई लकडाउन अवधिको शुल्क नतिर्न आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति निकालेर युनियनले दिनको १/२ घण्टा मात्रै अनलाइन कक्षा संचालन गरेर सबै अभिभावकसँग शुल्‍क असुल्न खोज्नु ठीक नहुने बताएको छ ।

हाल निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरे पनि कतिपय विद्यार्थी इन्टरनेटको पहुँच बाहिर रहेको र स्मार्ट फोन र ल्यापटप किन्ने हैसियतमा नहुँदा यो निर्णय अपूर्ण र अव्यवहारिक भएको अध्यक्ष रुपनारायण श्रेष्ठले विज्ञप्तिमार्फत बताएका छन् ।

समाजवादी विद्यार्थी युनियनले सबै अभिभावकलाई आफ्ना बालबालिका सरकारी विद्यालयमा भर्ना गर्न पनि आग्रह गरेको छ । विश्वविद्यालयमा लामो समयदेखि रिक्त पदाधिकारी गुटगत र दलगत नियुक्ति नभई कार्यदक्षताको आधारमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्न पनि विज्ञप्तिमा  माग गरिएको छ ।

समाजवादी विद्यार्थी युनियनले शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरण र व्यापारीकरणको अन्त्य गर्नुपर्ने पनि बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार