मास्क लगाउँदा देखिने चस्माको कुहिरो कसरी हटाउने ?

  आङबुहाङ अबोध अविरल
0 Shares

आङबुहाङ अबोध अविरल

तपाई मास्क लगाएर ढोका बाहिन निस्कने विक्तिकै तपाईका चस्मा कुहिरोले ढाकिदिन्छ । यो एउटा दिक्क पार्ने समस्या हो । तर, यसको एउटा सजिलो समाधान छ । र, यसले केवल एक वा दुई मिनेटको समय लिन्छ । त्यसका निम्ति तपाईलाई सावुन र पानी भए हुन्छ ।

किन चस्मामा कुहिलो लाग्छ ?

माक्सले रोग सर्नबाट रोक्छ, तर कमजोर आँखा दृष्टि भएका चस्मा लगाउने मानिसलाई नराम्रो पनि गर्न सक्छ । माक्सले श्वासलाई अगाडि जान रोक्नाले श्वास चस्मातिर जान्छ । जस्ले चस्मामा कुहिरो लगाइ दिन्छ र अगाडिका हेर्न कठिन हुन्छ ।

चस्माको लेन्स सावुन पानीले सफा गर्नाले माक्सबाट आउने श्वासको कुहिरो चस्मामा कम हुन्छ ।

त्यसका निम्ति यसो गर्नुस् :
१. साबुन पानीले हात राम्ररी धुनुहोस् ।
२. चस्मालाई पानीमा भिजाउनुस् र चस्माको सिसामा केही सावुन लगाउनुस् ।
३. तातोपानीले चस्मालाई राम्ररी सफा गर्नुस् ।
चस्माको सिसामा सावुनका फिंज नछाड्नुस् । यदि रहेमा यसले हेर्नका निम्ति असर गर्नेछ ।
४. बिस्तारै तौलिया वा लेन्स सफ ागर्ने कपडाले लेन्स सुक्का पार्नुस् ।
भरसक तौलिय प्रयोग नगर्नुस् । यसले तपाईको लेन्समा कोर्न सक्छ ।
अब तपाई माक्स र चस्मा लगाएर हिड्नुस् । तपाई संसारलाई सफा देख्नुहुनेछ ।

(सिएनएन बाट अनुवादित)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार