पूर्वेली गायक लिम्बूलाई बचाउन हङकङ र दक्षिण कोरियाबाट १ लाख १८ हजार बढी सहयोग

इलाम : एकै साथ फोक्सो, अल्सर र मिर्गौला ड्यामेज जस्तो रोगले थलिएका इद्याम चुलाचुलीका पुर्वेली लोक गायक मोहन सम्सेर थेगिम लिम्बूलाई हङकङ र दक्षिण कोरियामा कार्यरत नेपालीहरूको छुटा–छुटै नेतृत्वबाट १ लाख १८ हजार ७ सय २६ रूपैयाँ  सहयोग उपलव्ध भएको छ ।

हाल हङकङमा कार्यरत माया आङबोहाङको नेतृत्वमा संकलन गरिएको ३२ हजार १ सय २० रुपैयाँ र पुष्प लिम्बूको नेतृत्वमा संकलन गरिएको ३२ हजार ६ सय ३४  रुपैयाँ गरि ७४ हजार ७ सय ५४ रूपैयाँ  सहयोग आज विरामी मोहन सम्सेर थेगिमकै डेरामा पुगि माया आङबोहाङद्धारा हस्तान्तरण गरिएको छ ।

त्यसै गरि, कोरियामा कार्यरत पारूहाङ राईको नेतृत्वमा २३ हजार ९ सय ७२ रूपैयाँ र दीपक आङदेम्बेको नेतृत्वमा ३० हजार रूपैयाँ  गरिे जम्मा ५३ हजार ९ सय ७२ रूपैयाँ  सहयोग हस्तान्तरण गरिएको छ ।

स्थायी घर ताप्लेजुङ्गको त्रिवेणी गाउँपालिका हाङपाङ रहेको  माया आङबोहाङ हाल हङकङमा बस्दै आएकी छिन् । सहयोगीदाताहरुमा इन्दु याक्सो, अमृत थाङ्गदेन, सुकु नाल्बो, सन्जु गौचन, इन्दु इजम, अरुना आङबोहाङ , विना राई, सुनिता इजम, हरि फेजोङ, माया आङबोहाङ रहेका छन् भने, हङकङबाटै पुष्प लिम्बूको नेतृत्वमा सहयोगीदाताहरुमा माया लिम्बू, उमा गुरुङ, देवि मुर्गु, पुष्प लिम्बू, सुस्मा लिम्बू, रोश्नी गुरुङ, रोजीना लिम्बू, संगीता लिम्बू, कविता तामाङ्ग, श्याम, अमु, सामदेन, गंगा, रमा, सविना सुस्मा लिम्बू रहेका छन् ।

काठमाडौं विर अस्पतालमा उपचारर्थकै लागि महिनौं विताएका थेगिम केही हप्ता देखि डिस्चार्ज  भएर घर फिकएका छन् । स्वास्थ्यमा धेरै सुधार आएका बताउने थेगिमले भने, ‘मैले धेरै नेपाली दाजुभाई तथा दिदि बहिनीहरुको सहयोगले गर्दा पुनः जीवन पाएको छु ।’

हालमा उनले मासिक रुपमा १५ देखि ६० हजार रुपैयाँ सम्मको औषधी खानु पर्ने अवस्थामा रहेको बताउँछन् ।

चुलाचुली गाउँपालिका-३ स्थायी घर भएको मोहन सम्सेर थेगिम हाल दमक १ कुमालचोक स्थित डेरामा  बस्दै आएको घर नै  घर मालिकले घर भत्काएपछि उनी कहाँ बस्ने अन्योलमा परेका छन् ।

उनले ६ बर्ष अघि देखि फर्निचर व्यवसाय गर्दै आएका घर बार्षिक १५ हजारले भाडा तिर्दै आएका थिए ।  अहिले उनी भन्छन्,`अब मैले आफ्नो घडेरी समेत नहुँदा औषधि खाने पैसा जोह गर्नु कि डेरा सर्नु चिन्तामा छु ।´ उनको उपचारार्थका लागि १५ लाख बढि खर्च भईसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार