धरानमा समाजवादी पार्टीको घरदैलो सुरु

धरान : आगामी मंसिर १४ गते हुनगैरहेको उप चुनावको लागि समाजवादी पार्टीले घरदैलो कार्यक्रम शुरुआत गरेको छ।

समाजवादिले धरान उपमहानगरमा मेयरको लागि भुपु गोर्खा सैनिक गजेन्द्र इस्बोलाई उम्मेदवार बनाएको छ । शनिबारदेखि शुरुआत गरेको घरदैलो कार्यक्रम धरान उपमहानगरको १६ नम्बर वडाबाट गरेको छ।२३ गतेदेखि शुरुआत गरेको घरदैलो कार्यक्रम लगातार गरेर मंसिर ८ गते सकिनेछ ।

मंसिर ९ गते भानुचोकमा चुनाबी सभा गर्ने तयारी गरिएको कुरा घरदैलो कार्यक्रम संयोजक कृष्ण लिम्बुले जानकारी दिएको छ । जस अनुसार २४ गते ११ नम्बर वडा,२५ गते १७ र १८ २६ गते १९ नम्बर, २८ गते १३ र २९ गते १४ नम्बरमा हुनेछ त्यसैगरी ३० गते वडा नम्बर ६ मंसिर १ गते वडा नम्बर ५ मंसिर २ गते  वडा नम्बर १५ वडा नम्बर २० मा ३ गते वडा नम्बर ४ मा ४ गते हुनेछ भने मंसिर ५ गते वडा न्मबर ७ र ३ त्यसैगरी ६ गते वडा नम्बर ८ मा हुनेछ।भने ७ गते वडा नम्बर ९,१०,१२ मा घरदैलो कार्यक्रम हुने जनाएको छ । मंसिर ८ गते वडा नम्बर १र २ मा हुनेछ ।

समाजवादी पार्टीले यस अघि चुनाबमा मसाल चुनाब चिन्ह थियो भने नयाँ शक्ति पार्टी संग एकीकरण गरेपछि यसपटक हात चुनाब चिन्ह रहेको छ। चुनाबलाई आफ्नो पक्षमा बनाउनको लागि २२ सदस्यीय सचिवालय सहित १९ उपसमिति गठन गरेका छन् ।
१. संयोजक शुभचन्द्र राई
२. सहसंयोजक कृष्ण लिम्बु
३. सहसंयोजक बिपिन इवाराम
४. सहसंयोजक तेन्जिङ शेर्पा
५. सचिव ताजुब लिम्बु
६. सदस्य बिना पुमा राई
७. सदस्य कृष्ण बहादुर राई
८. सदस्य हेमराज जिमी याक्खा
९. सदस्य शम्भु राई पृथक
१०. सदस्य लक्ष्मी राई
११. सदस्य निमा पोङस्यूवा
१२. सदस्य राम कुमार राई
१३. सदस्य मदन तामाङ
१४. सदस्य जयमान साम्पाङ
१५. सदस्य वरदान हाङखिम राई
१६. सदस्य सागर सरगम चेम्जोङ
१७. सदस्य सुमन चेम्जोङ
१९. सदस्य मिलन राई
१९. सदस्य सुमित्रा राई
२०. सदस्यकुमार प्रधान
२१. सदस्यश्री सुब्बा
२२. सदस्यछत्र बहादुर बि.क.(केशव)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार