मन्टेश्‍वरी र रत्‍नमाई फाइलनमा

इलाम : मनेटेश्वरी अंग्रेजी बोर्डिङ स्कूल इलाम र रत्नमाई अंग्रेजी बोर्डिङ स्कूल साङरुम्बा इलाममा जारी विद्यालयस्तीय खेलकूद महोत्सव  ‘आधारभूत तह’ फूटबलको फाइलनमा प्रवेश गरेका छन् ।

प्रतिभा पहिचान कार्यक्रम अन्तरगत इलाम नगरपालिकाको आयोजनामा जारी प्रतियोगिताको विहीबार भएको आधारभूत तहको खेलमा मन्टेश्वरी र रत्नमाई उपाधि नजिक पुगेका हुन् । पहिलो खेलमा हेरिटेज नेशनल एकाडेमी इलामलाई टाइब्रेकमा ३-२ ले पराजित गर्दै मन्टेश्वारी अंग्रेजी बोर्डिङले फाइनलको यात्रा पक्का गरेको हो । निर्धारित समयमा २-२ गोलको बराबरीमा खेल सम्पन्न भएपछि टाइब्रेकरमा विजेता निर्धारण गरिएको थियो ।

त्यस्तै दोस्रो खेलमा इलाम सगरमाथा बोर्डिङ स्कूललाई टाइब्रेकरमा ४-३ ले पाखा लागाउँदै रत्नमाई अंग्रेजी बोर्डिङ स्कूल साङरुम्बा फाइलन पुगेको हो ।

अब यी दुई टिमबीच फाइलनमा शनिबार विहान ८ बजे प्रतिष्पर्धा हुने नगर खेलकुद विकास प्रतिष्ठानका अध्यक्ष तीलक ठकुरीले जानकारी दिए ।

त्यस्तै माध्यमिक तह अन्तरगतको खेलमा विवि मेमोरियल नेपालटार र जुविलेन्ट इलाइट एकाडेमी इलाम क्‍वार्टरफाइलन प्रवेश गरेका छन् । पहिलो खेलमा बरबोटे अंग्रेजी स्कूललाई ३-१ गोल अन्तरले  पराजित गर्दै विवी मेमोरियल र दोस्रो खेलमा गोल्डेन फ्युचर बोर्डिङ स्कूल इलामलाई २-१ गोलले पराजित गर्दै जुविलेन्ट इलाइट एकाडेमी क्‍वार्टरफाइलन प्रवेश गरेका हुन् ।

प्रतियोगिताको क्‍वार्टरफाइनल शुक्रबार हुनेछ । पहिलो क्‍वार्टरफाइनलमा आदर्श मावि र अमर मावि, दोस्रोमा ज्योति विद्या मन्दिर र ग्रीनहिल एकाडर्मी नेपालटार, तेस्रोमा विवि मेमोरियल र वालमण्डल जस्विरे तथा माउण्टमेची र जुविलेन्ट एकाडमीबीच प्रतिष्पर्धा हुनेछ । मावि तहको फाइलन २ वैशाखमा हुनेछ ।

प्रतियोगिताको उत्कृष्ठ गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ठ डिफेन्डर, उत्कृष्ठ मिडफिल्डर र उत्कृष्ठ फरवर्ड प्रत्येकले नगद १ हजार र मेडल पाउनेछन् । त्यस्तै उत्कृष्ठ कोच र उत्कृष्ठ खेलाडीले नगद २ हजार ५ सय पाउनेछ ।

२३ चैतदेखि ठूलो टुँडिखेलमा संचालित प्रतियोगितामा नगरपालिका भित्रका ३४ विद्यालयको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार