इलाम : साविक उच्च माध्यमिक विद्यालयका शिक्षकहरुको पेशागत संगठन माध्यमिक विद्यालय शिक्षक युनियनको प्रथम क्षेत्रीय भेला शनिबार सम्पन्न भएको छ । नेपालटार माविमा सम्पन्न भेलाले माध्यमिक शिक्षक युनियन इलाम नगरपालिकाको नगरस्तरीय समिति समेत गठन गरेको छ । युवराज गुरागाईंको संयोजकत्वमा गठन भएको समितिको सदस्यहरुमा दिपेन्द्र लुइटेल, शोभा थापा बस्नेत, लीलाबहादुर बुर्जा, लेखनाथ पोख्रेल र मुक्ति बराल रहेका छन् । युनियनका केन्द्रिय उपाध्यक्ष वेदप्रसाद काफ्लेको उपस्थितिमा भेला सम्पन्न भएको थियो । उपाध्यक्ष काफ्लेले साविक उच्च मावि तहमा देशभर १२ हजार शिक्षक कार्यरत भएपनि दुई हजार दरबन्दी र चार हजार अनुदान कोटामा करारमा नियुक्ति भएका बताए । उनीहरुलाई तत्काल दरबन्दी सिर्जना गरी प्रक्रिया पुर्याएर स्थायी गर्नुपर्ने पनि उनले बताए । यसका लागि युनियनले केन्द्र, जिल्ला र स्थानीय तहहरुमा अन्तक्र्रिया, छलफल सञ्चालन गरिरहेको र यतिले मात्र नभए आन्दोलननै गर्नुपर्ने पनि उपाध्यक्ष काफ्लेले बताए । यसरीनै फिक्कलमा चैत १६गते फिक्कल र २३ गते सुर्योदय नगरपाकिलाको मंगलबारेमा युनियनको भेला आयोजना गरिएको जिल्ला सदस्य पंकज भट्टराईले बताए ।
माध्यमिक विद्यालय शिक्षक युनियनको प्रथम क्षेत्रीय भेला सम्पन्न