संघीय समाजवादी फोरम चुलाचुली २ को अध्यक्षमा लावती

  नयाँ बुलन्द
0 Shares

चुलाचुली : संघीय समाजवादी फोरम नेपाल चुलाचुली गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा हस्तबहादुर लावती निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न वडा अधिवेशनबाट लावतीको अध्यक्षतामा १७ सदस्यीय वडा समिति चयन गरिएको छ ।

समितिका उपाध्यक्षमा उर्मिला कुमाल र रामचन्द्र राई,  सचिव लिलाकुमारी  लावती, सहसचिव  सोनिया कुमाल र कोषाध्यक्षमा शान्त नेपाली निर्वाचित भएका छन् ।

सदस्यमा मणीकुमार इदिङगो, कौशल लिम्बू, अम्बिका राई, हेमराज चेम्जोङ, बलराज सम्हाम्फे, विना देवान, खिनमाया इङनाम, योगेन्द्र लावती, पुनम कुमाल र वीरबहादुर धिमाल रहेका छन् ।

संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य तथा लिम्बुवान समिति अध्यक्ष खगेन्द्र माखिमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लिम्बुवान समिति सचिव प्रेमदिप थाम्सुहाङ, केदार धिमाल, सचिवालय सदस्य नवराज गुरूङ,  सदस्य  मोहन देवान, भूपेन योङया समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष माखिमले मुलधारका पार्टीहरूले परिवर्तन नचाहेकाले आरोप लगाए । उनले लिम्बूवानी आन्दोलन घर बनाउनका लागि नभई देश बनाउनका लागि भएको जिकिर गर्दै त्यसका लागि संघीय समाजवादी फोरममा गोलबद्ध हुन आह्यान गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार