माईभ्याली गोल्डकपको खेल तालिका सार्वजनिक (यस्तो छ, तालिका)


इलाम : इलाममा सञ्चालन हुन लागेको पाचौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक माईभ्याली फूटबल क्लबले बुधबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी खेल तालिका सार्वजनिक गरेको हो । २६ फागुनदेखि ५ चैतसम्म सञ्चालन हुने पाँचौं संस्करणमा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता रहनेछ ।

उद्घाटन खेलमा २६ गते प्रिक्वार्टर फाइलनमा आयोजक माईभ्याली फूटबल क्लब र दाजिलिङ युनाईटेड क्लब भारत प्रतिष्पर्धा गर्नेछ । दोश्रो प्रिक्वार्टर फाइलनमा २७ गते नेपाल फूटबल एकाडेमी हङकङ र हिमालयन शेर्पा क्लब काठमाडौं प्रतिष्पर्धा हगर्नेछन् ।

२८ गतेदेखि क्वार्टर फाइलन चरणका खेल सुरु हुनेछन् । पहिलो क्वार्टरफाइलनमा २६ गतेको विजेतासँग नेपाल पुलिस क्लब भिड्नेछ । दोश्रो क्वार्टरफाइलनमा २९ गते थ्रीस्टार क्लब ललितपुरले २७ गतेको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । त्यस्ते तेश्रो क्वार्टरफइलनमा ३० गते सशस्त्र प्रहरीको एपिएफ र दाउफिन्स क्लब क्यामरुन तथा चौथो क्वार्टरफाइलनमा चैत १ गते मेची नेत्रालय झापा र नेपाली सेनाको त्रिभुवन आर्मी खेल्नेछन् ।

चैत २ र ३ गते सेमीफाइनलका खेल हुनेछन् । फाइलन चैत ५ गते हुनेछ । विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप माइभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कार को प्रतियोगिता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार