डा. देवी क्षेत्री दुलालको नाटक कर्णाली प्रदेशमा प्रर्दशन हुने

  अतित योङहाङ्ग
0 Shares


इलाम : इलामका डा. देवी क्षेत्रीद्वारा लिखित “म पहिलो सन्तान किसान जन्माउँछु” नाटक कर्णाली प्रदेशको सुर्खेतमा पर्दशन हुने भएको छ ।

यहि फाल्गुन २३–२९ गतेसम्म हुन गईरहेको रारा राष्ट्रिय नाटक महोत्सव २०७५ को लागि चेतना नाट्य समूह इलामद्वारा सो नाटकको पर्दशन हुनेछ ।

नाटक प्रर्दशनीको लागि प्रदेश नं. १ बाट छनौट भई प्रदेशकै प्रतिनिधित्व गर्दै पर्दशन हुन लागेको हो ।

नाटक प्रर्दशनी टोली चेतना नाट्य समूहलाई आज क्वीन इलामद्वारा विदाई गरिएको छ । विदाई कार्यक्रममा बोल्दै नाटकका लेखक दुलालले सो नाटक वि.सं. २०५४ सालमै लेखिएको वताए ।

यो नाटक  आजभन्दा १९ वर्ष अगाडी लेखेको हो । कृषि क्रान्तिबाट नेपाललाई सम्बृद्ध बनाउन सकिन्छ भन्ने सन्देश दिने यो नाटक राष्ट्रिय नाटक महोत्सवमा पर्दशनीको लागि छनौट हुनु खुशकिो कुरा हो ।

वर्तमान सरकारको “सुखी नेपाली, सम्बृछ नेपाल” भन्ने नारासँग सम्बन्धित यो नाटक धेरैले रुचाएका छन् ।

नाटकलाई चेतना नाट्य समूहका अध्यक्ष सुरेश पोर्तेलले निर्देशन गरेका छन् । नाटकमा नाट्य समूहका ७ जना कलाकारहरुको भूमिका रहेको छ ।

कार्यक्रममा बोल्दै नाटक निर्देशक पोर्तेलले भने– नाटक पर्दशन छनौटको लागि आह्वान गरिएको सूचनामा प्रदेश नं. १ बाट जम्मा ६ वटा प्रस्तावहरुमध्येबाट मानव अधिकार मञ्च नेपालद्वारा सञ्चालित चेतना नाट्य समूहको “म पहिलो सन्तान किसान जन्माउँछु” पर्दशनको लागि छनौट भएको हो ।

विदाई कार्यक्रममा बोल्दै सहभागि बक्ताहरुले नाटकको प्रशंसा र सफलताको शुभकामना व्यक्त गरेका छन् ।

इलामका विशिष्ट नागरिक युद्धप्रसाद वैद्यले इलाम जिल्लामा कृषि र पर्यटनको सम्भावना र नाटक कृषी क्रान्तिसँग सम्बन्धित रहेकोदले महत्वपूर्ण रहेको वताएका छन् ।

उनले नाटकले दिने सन्देशले इलाम जिल्लाको कृषि क्षेत्रको सम्भावनालाई अझ प्रगाढ र सक्षम बनाउन सक्ने वताए ।

कार्यक्रममा इलाम नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, जिल्ला युवा मानव अधिकार मञ्च इलामका अध्यक्ष मोहनसिंह थेवे, जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शंकर, साहित्य कला संगीत संस्कृति प्रतिष्ठान इलाम नगरपालिकाकी अध्यक्ष टिका घिमिरे लगायतले नाटक प्रदर्शनीको लागि शुभकामना मन्तव्य राखेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार