पाँचथर : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च नेपालको जनवर्गीय संगठन संघीय युवा मञ्च पाँचथरको तेस्रो जिल्ला अधिबेशन आयोजक समिती गठन भएको छ ।
सोमबार जिल्ला पार्टी कार्यालय फेदेनमा सम्पन्न भेलाले प्रदीप केरुङको संयोजकत्वमा सदस्यसचिव – सुमन सहयात्री योङ्हाङ,अर्थसंयोजक – रामचन्द्र नेम्बाङ र सदस्यहरु – बजिन लावती,भरत तुम्बापो,आधार घिमिरे,बिरेन लोवा,प्रशान्त फेम्बू,गगन जबेगु,दिनेश केरुङ,सन्तोष लोवा सगित ११ सदस्यीय समिती गठन गरेको छ ।
भेलामा संघीय लिम्बुवान मञ्च नेपालका जिल्ला अध्यक्ष सागर केरुङ,उपाध्यक्षद्वय चन्द्रराज आङ्देम्बे,दिपक खनाल,कार्यवाहक सचिव – मधु केरुङ, जिल्ला सदस्यद्वय नुनाम सुबास केरुङ,धनबहादुर केरुङ “सेप्माङ”एल.भी. कमान्डर सुनिल आङ्बो लगायतको उपस्थित रहेको थियो ।
आगामी २०७६ साल बैशाख ८ र ९ गते फेदेन बजारमा सम्पन्न हुने जनवर्गीय संगठन विभाग प्रमुख तथा जिल्ला उपाध्यक्ष चन्द्रराज आङ्देम्बेले जानकारी दिए !