झापा : मोफसलकै चर्चित फुटबल प्रतियोगिता झापा गोल्डकपको चौथो संस्करण शनिबारबाट सुरु भएको छ । उद्घाटन खेलमा झापा ११ एफसीले विजयी सुुुरु गरेको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न उद्घाटन खेलमा झापाले पोखराको सहारा फुटबल क्लबलाई २-० गोलअन्तरले पराजित गरेको थियो ।
झापा ११ को जितका लागि खेलको ४० औँ मिनेटमा झापाको विदेशी खेलाडी काजिम बुखारीले गोल गर्दै गोलको खाता खोलेका थिए । त्यस्तै क्याप्टेन कर्ण लिम्बुको स्थानमा मैदान प्रवेश गरेका संयोग राईले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।
घरेलु मैदानमा दर्शकको भरपुर समर्थन पाएको झापाले खेलको पहिलो हाफमा सहारालाई दबाबमा राखेको थियो ।
खेलको म्यान अफ दि म्याच झापा ११ का संजोग राई घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।
आइतवारको खेल मोरङ ११ र ससशस्त्र प्रहरीबिच हुने आयोजकले बताएको छ । आगामी फागुन २७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हङकङ नेप्लिज एकाडेमीसहित १० टिम सहभागी छन् ।
विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
रातोकलमको सहयोगमा