गंगा, सुसन, लक्ष्मी र सुनिताले झुमाए एकतप्पाबासीलाई ….

एकतप्पा : जब साँझ छिप्पिदैं गयो, दर्शकको उपस्थिति बाक्लिदैं गयो । राष्ट्रीय स्तरका कलाकारहरुको प्रस्तुती सहितको साँस्कृतिक कार्यक्रम हुने खबर पाएका एतप्पाबासीहरु बेलैदेखि जमघट हुन थालेका थिए । साँझमा चिसोको समेत कुनै प्रवाह नगरी दर्शकहरु कार्यक्रमस्थलतर्फ केन्द्रित हुँदै थिए ।

उद्घोषकले कार्यक्रमकको सुभारम्भ गरे, दर्शकहरु कार्यक्रमस्थलमा जम्मा भए । उद्घोषक अतित योङहाङले कलाकारहरुको परिचय सुरु गरेसँगै दर्शकहरुको हुँटिङ सुरु भयो ।

यो प्रसङ्ग हो, इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पाको रुपाटारमा मंगलबार साँझको वृहत साँस्कृतिक कार्यक्रमको । त्यहाँ निर्माण भएको श्री सिद्ध किरात हाङसाम युमा माङहिमको उद्घाटनको अवसरमा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

कलाकारहरुको प्रस्तुतीको पर्खाइमा बसेका दर्शकहरु कलाकारहरुलाई मज्जाले साथ लिए । कार्यक्रमभरी कलाकारलाई हुटिङ र नाचेर साथ दिए एकतप्पाबासीहरुले । पालैपालो कलाकाहरुको प्रस्तुतीमा दर्शक मज्जासँग रमाए । कलाकारहरुले पनि दर्शकलाई झुमाउन सफल भए  ।

कार्यक्रममा गायिका फक्ताङलुङ आइडलकी फस्ट रनरअप गंगा फियाक, गायक सुसन साम्सुहाङ, गायीका नायिका तथा मोडल लक्ष्मी योङहाङ र गायीका सुनिता थेगिमसँग दर्शकहरु रमाएका थिए । प्रत्येक कलाकारको प्रस्तुतीमा दर्शकहरु झुमेकका थिए । लिम्बू समुदायको बाक्लदो उपिस्थिती रहेको कार्यक्रममा गायीका गंगा फियाक र सुनिता थेगिमको लिम्बू गीतलाई नाचेर साथ दिएका थिए । त्यस्तै सुसन साम्सुहाङको नेपाली गीतमा समेत दर्शकहरु रमाएका थिए ।

https://www.youtube.com/watch?v=U1NRXFWaqqA

उता गायीका नायीका तथा मोडल लक्ष्मी योङहाङलाई किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिम, आयोजक समितिका अध्यक्ष तथा वडा नम्बर ७ का वडा अध्यक्ष पंचबहादुर योङहाङ समेतले नाचेर साथ दिएका थिए । साथमा युनिक डान्स सेन्टर इलामका कलाकारहरुको प्रस्तुतीले सुनमा सुगन्ध थपिएको थियो । युनिक डान्स सेन्टरका तेज मगर, लक्ष्मी राई, कौशिला श्रेष्ठलगायतले नृत्य प्रस्तुत गरेका थिए ।

आयोजक समितका अध्यक्ष पंचबहादुर योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा माङहिम निर्माणका लागि सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । साथै कलाकार र उद्घोषकलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकम बाट भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार