इलाम : नेत्रविक्रम चनज्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बुधबार देशैभर २४ औं जनयुद्ध दिवश भब्य रुपमा मनाएको छ । जनयुद्ध सुरु भएको दिनलाई स्मरण गर्दै सो पार्टीले विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको हो ।
यसैक्रममा पूर्वी कमाण्ड अन्तरगत चार वटै व्युरोमा समेत बिभिन्न कार्यक्रम तथा सभाको आयोजना गरि जनयुद्ध दिवस मनाईएको छ । नेकपा मेची व्युरोको आयोजनामा ईलामको सदरमुकाम इलाम बजारमा बृहत जनसभा सम्पन्न भएको छ ।
जनसभा अघि इलामको टुडिखेलबाट नारावाजी सहित निस्किएको र्यालीले बजार परिक्रमा गरेको थियो । र्यालीमा नेकपाका नेता कार्यकर्ता, समर्थक, सुभचिन्तक तथा हजारौको सङ्ख्यामा जनताको समेत सहभागीता थियो ।
कार्यक्रमको प्रमुख अतिथी पार्टीका पोलिटब्युरो तथा मेची व्युरोको अभियान टोलीका प्रमुख ओम पुनले जनयुद्धको औचित्य अन्त्य नभएको भन्दै जनयुद्धकै निरन्तरता स्वरुप एकिकृत जनक्रान्ति अगाडी आएको बताए ।
मेची व्युरो सदस्य दर्शनको अध्यक्षतामा भएको कार्यक्रममा सन्चालन सामनाका कलाकार आरोहले तथा स्वागत मन्तव्य मेची व्युरो सदस्य एवं झापा जिल्ला सेक्रेटरी सुमनसिंह पाैडेलले राखेका थिए ।
कार्यक्रममा मेची व्युरो सदस्य एवं ईलामका जिल्ला ईन्चार्ज सर्व श्रेष्ठ र विजय दर्नाल लगायतले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा सामनाका कलाकारले नृत्य तथा गित प्रस्तुत गरेका थिए ।
यस्तै जनकपुर व्युरो अन्तरगत सर्लाहिको बयलवास बजारमा जनसभा सम्पन्न भएको छ । कार्यकमको प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य निर्मलले सम्बोधन गरेका थिए । उनले अधुरो क्रान्ति पुरा गर्न सडकमा फलिएको क्रान्तिको झण्डा बोकेर आफुहरु एकिकृत जनक्रान्तिको यात्रामा अघि बढेको बताए । उनले बैज्ञानिक समाजवाद लागु नभएसम्म जनता र राष्ट्रको मुक्ति हुन नसक्ने बताए । यस्तै कार्यक्रममा अर्का केन्द्रिय सदस्य देवनारायण साहले पनि सम्बोधन गरेका थिए ।
पूर्वी कमाण्ड अन्तरगत ईलाम र सर्लाहिमा दुई वटा ठुला जनसभाको आयोजना गरिएको र अन्य जिल्लाहरुमा समेत बिभिन्न कार्यक्रम गरि जनयुद्ध दिवस मनाएको पार्टी पिविएम तथा पूर्वी कमाण्ड ईन्चार्ज अनिल विरहीले जानकारी दिए ।