शहिद स्मृति फूटबट तेस्रो संस्करणको तयारी पूरा

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिका ७ स्थित रुपाटारमा संचालन हुन लागेको तेस्रो संस्कणको शहिद स्मृति फूटबल प्रतियोगिता र वृहत साँस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ ।

२० माघदेखि संचालन हुने शहिद स्मृति खुल्ला नकआउट फूटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शहिद स्मृति फूटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष राज थापाले जानकारी दिए ।

प्रतियोगिताका विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र पाउनेछन्  । त्यस्तै म्यान अफ द टुनामेन्टलाई समेत पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न २२ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको फाइलन १ फागुनमा हुनेछ ।

सोही प्रतियोगिताको अवसरमा ४० वर्ष उमेर माथिका टिमको सहभागिता रहने गरी भ्याटन फूटबल प्रतियोगिता समेत संचालन हुनेछ । विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था रहेको आयोजक समितिका अध्यक्ष थापाले नयाँ बुलन्दलाई जानकारी दिए ।

यसैबीच प्रतियोगिताको फाइनलमा मेला बजार र सुमधुर साँस्कृतिक कार्यक्रमको समेत तयारी गरिएको छ । साँस्कृतिका कार्यक्रममा कलाकारहरु प्रकाश बस्नेत, रमेश सुनुवार, विजय मुकारुङका साथ अन्य स्थानीय कालाकारहरुको प्रस्तुती रहनेछ ।

साथमा युनिक डान्स सेन्टरका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको  छ ।

प्रतियोगिता सहित कार्यक्रमका लागि करिब ४ लाख खर्च हुने अनुमान गरिएको आयोज समितिका अध्यक्ष थापाले बताए । त्यसका लागि विभिन्न खेलप्रेमी समाजसेवीहरुबाट  सहयोग प्राप्त हुने उनले जनाए ।

देशमा परिवर्तनका लागि विभिन्न समयमा भएका विभिन्न संघर्षमा आफ्नो ज्यानको आहुती दिएका महान् शहिदहरुको स्मृतिमा विगत ३ वर्षदेखि एकतप्पामा शहिद स्मृति फूटबल प्रतियोगिता संचालन भइरहेको छ ।

फूटबल प्रतियोगिताको फाइलन र साँस्कृतिक कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुुलन्द डटक www.nayabulanda.com बाट हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार