
पाँचथर : संघीय समाजवादी फोरमको प्रथम रास्ट्रीय महाधिवेशन बैशाखमा हुने निर्णय संगै देशै भरी वडादेखी जिल्ला प्रदेश हुँदै जनबर्गिय संगठन को अधिबेशन तिब्र पारेको छ। यसै क्रममा पान्थरको मेक्लाजुङ गाउँ पालिकामा संघीय समाजवादी फोरम नेपालको वडा अधिबेशनहरु सम्पन्न भएको छ ।
संघीय समाजवादी फोरम बैकल्पिक केन्द्रिय सदस्य जेन्टल लाओतिले जानकारी दिएअनुसार मेक्लाजुङ गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, ७ र ८ मा वडा अधिबेशन सम्पन्न भएको छ। पौष २६ गतेदेखी माघ ९ गतेसम्म भएको अधिबेशनले वाड न. १ सराङ्डाडामा भएको वडा अधिबेशनबाट अध्यक्ष हरिश्चन्द्र आङ्देम्बे सहित १५ सदस्य र गोबिन्द प्रसाद आङ्देम्बे सहित ३ सल्लाहकार सदस्य निर्बाचित भएका छन ।
वाड न. ३ अरुबोटेमा अध्यक्ष रणधोज कुरुम्बाङ सहित ११ सदस्य निर्बाचित भएका छन ।त्यसैगरी वाड न. ४ रबिमा अध्यक्ष मिलन राई सहित १३ सदस्य, वाडा न. ५ को कुरुम्बामा भएको अधिबेशनले अध्यक्ष मणिप्रसाद लाओती सहित १३ सदस्य र मिसिरमान लाओती, कुमार राई र खुबिन लाओती गरि ३ सल्लाहकार निर्बाचित भएका छन ।
त्यसैगरी वाड न. ७ लिम्बामा अध्यक्ष नेल्कन माखिम सहित ११ सदस्य निर्बाचित भएका छन भने वाड न. ८ दुर्दिम्बामा अध्यक्ष गङ्गा लाओती, उपाध्यक्ष लिला सिङ्घक थापा, सचिव राजेन्द्र चेम्जोङ सहसचिव प्रेमराज लाओती, कोषध्यक्ष सोम लाओती सहित १३ सदस्य निर्बाचित भएका छन ।

उक्त वडा अधिबेशन कार्यक्रमका प्रमुख अथिति संघीय समाजबादी फोरम, नेपालका राजनीतिक समिति सदस्य तथा लिम्बुवान समितिका अध्यक्ष खगेन्द्र माखिमले नेकपा र काङ्ग्रेस पार्टीमा लाग्नु भनेको एकात्मक उच्च जतिबादी मानसिक चिन्तन भएकाहरुको झोले बन्नु मात्र रहेको बताए ।
पहिचानमा आधारित १०+१ प्रदेस निर्माण गर्न संविधान संसोधन गर्नु पर्ने र त्यस्को लागि सम्पुर्ण पहिचानबादी एक हुनु पर्ने बताए ।
माखिमले लिम्बुवानको प्रसङ्ग निकाल्दै लिम्बुवानमा मात्र सिमित हुने पार्टीले लिम्बुवानको आवाज बुलन्दा गर्न सक्ने तर लिम्बुवान प्रदेस निर्माण गर्न भने सिङ्गो पहिचानबादीहरु एक हुनुको बिकल्प नभएकोले संघीय लिम्बुवान मंच पनि ससफो,नेपाल संग एकता गर्न तयार हुनु पर्ने बताएका थिए ।
अहिले सम्म भएका नेपालका सम्पुर्ण क्रान्ती खाली शासन सत्ता परिबर्तनको लागि मात्र भएकोले अबको क्रान्ति राज्य शत्ता परिवर्तनको लागि हुने र त्यस्को नेर्तित्व ससफो, नेपालले गर्ने बताएका थिए ।
त्यसै गरि विशिष्ट अथिती ससफो, नेपालका बैकल्पिक केन्द्रीय सदस्य जेन्टल लाओतीले लिम्बुवान सहित १०+१ प्रदेश, धर्म निरपेक्षता, पुर्ण समानुपातिक समाबेशीताको मुद्धा र आदिबासी जनजाती, मदेशी, सिमान्तकृत समुदाय र उत्पिडनमा परेकाहरुको भाषा सस्कृतिको बिकास र अधिकारको आवाज ससफो, नेपालले मात्र उठाउन सक्ने बताए ।
नेकपा र नेपाली काङ्ग्रेसले भने खाली चुनाबी प्रयोजनको लागि बिज्ञापनको रुपमा मात्र उठाउने गरेको बताए ।
लाओतीले लिम्बुवान प्रदेश प्राप्तीको लागि लिम्बुवानी जनताको जगमा लिम्बुवानी जनक्रान्ती गर्नु पर्ने र त्यस्को रणनीतिक योजनाहरु छिट्टै तयार हुने बताए ।

वडा अधिबेशन कार्यक्रममा अन्य अथितिहरु ससफो नेपालका लेखा समिती सदस्य दिलेन्द्र कुरुम्बाङ, ससफो, नेपाल लिम्बुवान समिती सदस्य चन्द्र राई, लिम्बुवान सम्पर्क समितिका अध्यक्ष भवानी आङ्देम्बे, पान्थर जिल्ला अध्यक्ष डि. एम आङ्देम्बे, धनकुटा जिल्ला उपाध्यक्ष हेमकर्ण तुम्सा, पान्थर जिल्ला सदस्य सिंहराज लाओती, डिल्ली मुसाहाङ, मनकुमार आङ्देम्बे र ससफो, नेपाल मेक्लाजुङ गाउँ पालिकाका संयोजक शन्देस राई लगायतको उपस्थित रहेको थियो ।
वडा अधिबेशनबाट निर्बाचित सम्पुर्ण सदस्यहरुलाई जिल्ला अध्यक्ष डि. एम आङ्देम्बेले सपत ग्रहन गराएका थिए ।


















































