आयोजक र युनाइटेड जीतपुर विजयी

  नन्दन सर्वत लिम्बू
0 Shares

फाइल तस्वीर

जीतपुर : इलामको देउमाई नगरपालिका ९ जीतपुरमा जारी जीतपुर गोल्डकपमा आयोजक जीतपुर सामुदायिक विकास केन्द्र र युनाईटेड जीतपुर देउमाई नगरपालिका-९, बिजयी भएका छन् ।

पहिलो खेलमा पानीटारलाई ३-२ गोल अन्तरले पराजित गर्दै आयोजक विजयी बनेको हो । जितका लिग आयोजकका प्रबिन कार्कीले २ र सुन्दर राईले १ गोल गरेका थिए । पानीटारका तर्फबाट भने हेम राई र युवराज राईले १/१ गोल गरेका थिए ।

दोस्रो खेलमा माईनगरपालिका ९ लाई टाइब्रेकरमा पराजित गर्दै जीतपुर युनाईटेड विजेता बन्यो । निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमा विजेता निर्धारण गरिएको थियो ।

प्रतियोगिता अन्तरगत विहीबारको पहिलो खेलमा आयोजक र खुदनाबारी स्पोर्टिङ तथा दोस्रो खेलमा जीतपुर युनाइटेड र फाल्गुनन्द स्पोर्टिङ देउमाईबिच प्रतिष्पर्धा हुनेछ ।

गोल्डकपको फाईनल ५ माघमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार