जीतपुर गोल्डकपमा नेपाल मगर संघ इभाङ्को सुरुवाती जीत

  नन्दन सर्वत लिम्बू  103 पटक हेरिएको

देउमाई : देउमाई नगरपालिका ९ जीतपुरमा फुटबल क्षेत्रका प्रतिभाहरुको पहिचान जीतपुर सामुदायिक बिकास केन्द्रको अभियान भन्ने नाराको साथ जीतपुर गोल्डकपको उद्घाटन संगै आज पहिलो चरणको खेल सम्पन्न भएको छ ।
नेपाल मगर संघ इभाङको विरुद्ध मिर्मिरे स्पोर्टिङ देउमाई नगरपालिका ८ बिच भएको खेल पहिलो हाफ गोलरहित भएको थियो भने हाफटाईम पछिको समयमा नेपाल मगर संघ इभाङ्का प्रशन लिम्बूले हाफटाईमको २६औ मिनेटमा बिपक्षीको जाली चुमाउदै खेलको निर्णायक गोल गरेका थिए ।

जीतपुर सामुदायिक बिकास केन्द्रको अध्यक्ष गोपाल पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि देउमाई नगर पालिका ९ का अध्यक्ष प्रेम प्रसाद बराल त्यस्तै बिशेश अतिथी राधा ट्रेडिङका संचालक साथै बुलेट चाउचाउका बजार ब्याबस्थापक राजु मित्तल रहेका थिए ।

त्यस्तै भोलिको खेल खुदनाबारी स्पोर्टिङ झापा विरुद्ध फक्ताङ्लुङ फुटबल, देउमाई नगरपालिका ९ र दोस्रो खेल गोदबरी स्पोर्टिङ माईनगर्पालिका बिरुद्ध यु एफ वाई सि देउमाई नगरपालिका ९ बिच हुने नयाँ बुलन्द डट कम लाई जनाईएको छ । खेलको फाईनल माघ ५ गते शनिबार हुने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार