बाल गायक मनिष लिम्बूलाई एक लाख सहयोग

राहसल बाल अनाथलयलाई ८१ हजार

इलाम : पछिल्लो समय सामाजिक संजालमा भाइरल बनेका बाल गायक मनिष लिम्बूलाई इलामबाट एक लाख एक हजार एक सय ५१ रुपैयाँ सहयोग गरिएको छ । बाल गायक लिम्बूको घर निर्माणका लागि विभिन्न संघसंस्था र व्यक्तिबाट संकलित रकम प्रदान गरिएको हो ।

सुनुयुमा विकास संस्थाद्वारा इलाम सदरमुकाममा आयोजिक वृहत साँस्कृतिक कार्यक्रममा बाल गायक लिम्बूलाई कार्यक्रमकी संयोजक बुद्धमाया सोङमीले रकम हस्तान्तरण गरिन् ।

रकम हस्तान्तरण गर्दै सोङमीले गायक लिम्बूको घर निर्माणका लागि विभिन्न दाताबाट संकलन गरेको रकम उपलब्ध गराएको जानकारी दिइन् । उनले लिम्बूको घर निर्माणसँगै अध्ययनका लागि समेत सहयोग गर्न दाताहरुलाई अनुरोध समेत गरेकी थिइन् ।

पाँचथरको मिक्लाजुङ गाउँपालिकाको कुरुम्बामा जन्मिाएका ९ वर्षीय मनिष लिम्बूको झापाको दमकमा घर बनाउने तयारी भईरहेको छ । त्यसका लागि जग्गाको व्यवस्थापन समेत भईसकेको छ । मनिष लिम्बूको घर निर्माणका लागि देश तथा विदेशमा रहेका नेपालीहरुले रकम संकलन गरी सहयोग गरिरहेका छन् ।

साँस्कृति कार्यक्रमका बाल कलाकार मनिष लिम्बू र गायक तथा संगितकार सुहाङ लिम्बूको साँस्कृतिक प्रस्तुती समेत रहेको थियो ।

राहसल बाल अनाथलयलाई ८१ हजार सहयोग

इलाम नगरपालिका ९ मा रहेको राहसल बाल अनाथालयलाई ८१ हजार २० रुपैयाँ सहयोग प्रदान गरिएको छ । सुनुयुमा विकास संस्था इलामले आयोजना गरेको साँस्कृतिक कार्यक्रमबाट संकलित रकम अनाथलयलाई प्रदान गरिएको हो ।

कार्यक्रमको प्रवेश शुल्कबापत संकलित रकम राहसल बाल अनाथलयको भवन निर्माण सहयोगार्थ प्रदान गरिएको सुनुुयुमा विकास संस्थाले जनाएको छ । राहसल बाल अनाथलय श्रोत व्यवस्थापन समितिका संयोजक चन्द्र राई हाङखिमलाई चर्चित बाल कलाकार मनिष लिम्बूको हातबाट रकम हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार