इलाम : इलाममा विहीबारदेखि सुरु भएको प्रथम मेची क्षेत्र पर्यटन महोत्सवमा बाबालिका प्रयोग गरिएको छ । विद्यालयको पढाई समेत छुटाएर आयोजकले कार्यक्रमको शोभा बढाउनकै लागि र्यालीमा बालबालिका सहभागी गराएका छन् ।
के बालबालिकालाई र्यालीमा सहभागी नगराई आयोजकको कार्यक्रम सफल हुँदैन ? आखिर ठूलो मास बनाउनको लागि बालबालिकालाई प्रयोग गरिने प्रचलन कहिलेसम्म ? बालबालिकालाई कहिले सम्म प्रर्दशन र सजावटको माध्यम बनाइ रहने ? यो सबैको लागि प्रश्न !
बालअधिकार सम्बन्धी महासन्धि १९८९ ले बालबालिकाको सहभागिता गराउँदा उनीहरुको विचार, उमेर, क्षमता, जातीगत अवस्था, भौगोलिक अवस्थिति, सामाजिक तथा धार्मिक मूल्यमान्यतालाई ध्यानु दिनु पर्ने कुरा उल्लेख गरेको छ ।