स्वर बिलाएको त्यो दिन मंसिर १९

 

नेपाली सांगीतिक दुनियाँमा मंसिर १९गते एउटा कालो दिनको रुपमा चित्रित छ। धेरै लाई थाहा नहुन सक्छ उक्त दिन अर्थात २०४७ साल मंसिर १९ गते स्वर सम्राट् नारायण गोपालको निधन भएको थियोे त्यसकै ठिक बर्ष दिन अघि अर्थात २०४६साल मंसिर १९गते भजन शिरोमणि भक्तराज अाचार्य माथि  काठमाडौ  स्थित  एक होटलमा सांघातिक अाक्रमण भएको थियो जसको कारण  टाउकोमा १००ठाउँ टाका लगाउनु परेको थियोे र धेरै दिन सम्म पनि उनको अप्रेसन भएन  पछि  बल्लतल्ल अप्रेसन त भयो तर  पछि अचानक जिब्रो मा क्यान्सर
देखिए पछि उनको जिब्रो काटेर फाल्नु पर्ने भए पछि  उनको १६बर्षे सांगीतिक यात्राले गति लिन सकेन
दवै जना अाफ्नो समयको अति नै लोकप्रिय  गायक तथा संगीतका रुपमा स्थापित थिए दुबै ले आ अाफ्नो शरीरले साथ दिए सम्म अन्यन्तै समर्पणका साथ नेपाली अाधुनिक संगीतका योगदान गरेका छन र त अाज पनि उनी हरु सबै नेपालीको मन मस्तिष्कमा   अटेर रहन सफल छन् ।

नारायण गोपाल १९९६सालमा काठमाडौमा जन्मिएका थिए भने भक्त राज १९९९मा धनकुटामा जन्मिएका थिए ।सुरुमा गीत गाउन निकै लजाउने नारायण ग‍ोपाल ले अाफ्नो सम्पुर्ण जीवन संगीत मै बित्छ भन्ने कदापि सोचेका थिएनन रेडियो नेपाल मा गीत गाउन अाफ्ना समकालीन साथीहरू योगेश वैद्य र प्रेमध्वज प्रधान लगायत ले निकै जोड बल गरेका थिए।

कतिपयले २०१५सालको चुनाव को बेला पुष्पलालको चुनावी  सभामा गीत गाएर सांगीतिक यात्रा शुरु गरेको पनि भन्छन   उनलाई भूपि शेरचनले स्वरसम्राट भनेर सम्बोधन गरेका र तत्कालीन राजा बीरेन्द्रले पनि त्यहि भनेर सम्बोधन गरे पश्चात् निर्बिबाद स्वर सम्राट बनेका थिए नारायण गोपाल ।

भक्तराज अाचार्यको भने शुरुमा रेडियोमा गीत गाउने अवसर गुमेको थियोे पछि देश व्यापि अाधुनिक गीत प्रतियोगितामा भक्तराज अाचार्य ले पहिलो स्थान हात पार्दा     निर्णायक मण्डल मा नारायण गोपाल नै थिए ।

नारायण गोपाल र भक्तराज को नेपाली सांगीतिक क्षेत्रमा अागमन फरक फरक समयमा भए पनि उस्तै उस्तै सांगीतिक प्रवृत्ति देखिन्छ  दुवैको  शास्त्रीय संगीत मा  राम्रो दख्खल भएको पाईन्छ।

नारायण गोपाल गीत छनौट गर्न निकै पोख्त   मानिन्थे । नाम चलेका गीतकार तथा साहित्यकारका राम्रा गीत छानीछानी ल्याउथे र कतिपय मा अाफै संगीत भरेर गाउने गर्थे भक्तराज अाचार्य भने नयाँ नयाँ उदाउँदो गीतकार का गीत लाई स्थान दिई अाफै संगीत भर्थे ।

दुबैमा मदिरा सेवन गर्ने लत रहेको भनिन्छ एकै ठाउमा बसेर मदिरा पिई सके पछि भक्तराज लाई अाफ्नो मोटरसाइकल मा राखेर घर सम्म भक्तराज लाई पुर्याउने गर्थे नारायण गोपाल ।

शाखा सन्तानका हिसाबले  नारायण गोपाल का कुनै सन्तान जन्मेनन दार्जिलिङ कि अाफ्नी फ्यान पेमाला लामा सँग  अन्तरजातीय बिवाह गरेका उनलाई परिवारको साथ सहयोग र समर्थन नमिले पछि कैले कवि भूपि शेरचन सगै बस्न थाले त्यस बेला भूपिका केही गीत हरु पनि उनले रेकर्ड गराएका छन ।

भक्तराज अाचार्यले भजन स्वदेश गान र अाधुनिक गीतको भण्डार समृद्ध पार्न योगदान पुर्याएका छन भने नारायण गोपाल ले नेवारी भाषामा  ,नेपाली चलचित्र ,स्वदेशगान,लोक तथा अाधुनिक गीतको क्षेत्रमा ठुलो योगदान पुर्याएका छन ।

नारायण गोपाल २०४७साल मंसिर १९गते राति सबै लाई रुवाउदै यश धर्ती बाट बिदा भए उनको निधन दशौ हजार मानिस श्रद्धाञ्जली दिन र उनलाई बिदा गर्न ,सडकमा निस्किए तत्कालीन अन्तिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई  समेत उनको बिदाईमा उपस्थित भए राज्यले राष्ट्रिय सम्मानका साथ उनको दाह संसकार गर्यो  अाज नारायण गोपाल को पदचाप लाई पछ्याउँदै नयाँ नयाँ प्रतिभा जन्मिरहेका छन ।

भक्तराज अाचार्य ले दुर्घटना वस अाफ्नो सांगीतिक यात्रा लाई अगाडि बढाउन नसके पनि अाफ्ना दुई छोरा हरु मार्फत कुनै न कुनै किसिम ले यसैमा समर्पित छन चाहे अप्रत्यक्ष रुपमै किन नहोस् ।

नेपाली मन मनमा एक जना स्वर सम्राट र एक जना भजन शिरोमणि को रुपमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार