आदिवासी जनजाती विद्यार्थीद्वारा दमक क्याम्पसमा तालाबन्दी

अझै अटेर गरे झनै कडा आन्दोलनमा उत्रने चेतावनी

  निशेष राई सत्यरुप
0 Shares

झापा : झापाको दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले आइतबार क्याम्पसमा तालाबन्दी गरेका छन् । यसअघि क्याम्पस प्रशासनलाई दिएको ४८ घण्टाको अल्टिमेटम बितिसक्दा समेत क्याम्पस प्रशासनबाट कुनै जवाफ नआएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

आदिवासी जनजाति विद्यार्थी महासंघ, किरात राई विद्यार्थी संघ, नेपाल तामाङ विद्यार्थी घेदुङ र लिम्बू विद्यार्थी मञ्चले संयुक्त रुपमा शुक्रबार क्याम्पस प्रशासनमा अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा आदिवासी विद्यार्थीको हकमा शैक्षिक अभिवृद्धि तथा व्यक्तित्व विकासका लागि क्याम्पसले गर्नुपर्ने कुनै पनि काम नगरेको, सेप तथा हेप कार्यक्रम अन्तर्गत आदिवासी जनजाति विद्यार्थीको शैक्षिक तथा व्यक्तित्व अभिवृद्धिका लागि बनेको १० लाखको अक्षयकोषबाट अहिलेसम्म कुनै कार्यक्रम संचालन नगरेको, सातौं क्याम्पस सभामा उक्त अक्षय कोषको रकम आदिवासी विद्यार्थीको लागि खर्च गरीदैं आएको भनि झुटो प्रतिवेदन पेश गरेको लगायतको बिषयमा असन्तुष्टि जनाउँदै विद्यार्थीहरुले क्याम्पस प्रमुको जवाफ माग गरेको थियो ।

तर क्याम्पस प्रसासनले कुनै जवाफ नदिएको कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको दमक क्याम्पसका विद्यार्थी तथा किरात राई विद्यार्थि संघ झापा जिल्ला अध्यक्ष सुनिल राईले बताए । क्याम्पस प्रशानले अझै अटेर गरे झनै कडा आन्दोलनमा उत्रने र घटनाको सम्पूर्ण जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्ने उनीहरुले चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार