झापा स्पोर्टस अर्वाडको कार्यक्षेत्र अब पुर्वका ४ जिल्लामा

इलाम : खेलकुद पत्रकार मञ्च झापाले साविकको मेची अञ्चलका ४ वटै जिल्लालाई समेटेर स्र्पोटस अवार्ड वितरण गर्नेभएको छ । गत बर्ष झापा जिल्लालाई मात्र कार्यक्षेत्र बनाएर अर्वाड वितरण सुरु गरेको मञ्चले यस बर्षबाट कार्यक्षेत्र विस्तार गरेको हो ।

आगामी माघ ७ गते झापाको विर्तामोडमा विभिन्न ६ विधामा अवार्ड वितरण गरिनेछ । यस बर्षको उत्कृष्ट पुरुष बर्ष खेलाडीले पुरस्कार स्वरुप एक थान मोटरसाइकल र ट्रफी पाउनेछ । महिला वर्ष खेलाडीलाई स्कुटर र ट्रफी प्रदान गरिनेछ ।  दुवै पुरस्कार झापा-११ फुटबल क्लबका अध्यक्ष एवम समाजसेवी जलकुमार गुरुङले गरेका छन ।

मेची स्र्पोटस अर्वाडका उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाईस र लाइफ टाइम एचिभमेन्ट अर्वाड प्राप्त गर्नेहरुले २५ हजार प्रदान गरिनेछ । २०७४ सालमा खेलकुद क्षेत्रमा पुर्‍याएको योगदान र सहभागी भएका प्रतियोगिताहरुलाई आधार मानेर मुल्याङकन गरिने समितीका सदस्य हिमाल खरेलले बताए । पिपुल च्वाइस अर्वाड खेलकुद पत्रकारहरुको भोटको आधारमा गरिनेछ भने लाइफ टाइम्स एचिभमेन्ट अर्वाड आयोजकहरुको विधी र प्रक्रिया अनुसार छनौट गरिनेछ ।

कार्यक्रम सम्पन्न गर्न अर्वाड र पुरस्कार बाहेक १२ लाख २५ हजार रुपैया खर्च हुने अनुमान गरिएको मञ्चका सल्लाहकार एवम प्राविधक उपसमिती संयोजक इन्द्रजित मुखियाले बताए । अर्वाडमा मनोनयनमा सहभागी हुने खेलाडी एवम प्रशिक्षकहरुले जिल्ला तहबाट खेल क्षेत्रमा योगदान दिएको हुनुपर्नेछ । जिल्लाबाट राखेपको कुनै पनि एक प्रतियोगितामा समेत सहभागी नभएकाहरुलाई अयोग्य घोषित गरिने मुखियाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार