मौरी पालक किसान संगठित

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामका मौरी पालक किसान तथा ब्यवसायी संगठित भएका छन् । इलाम नगरपालिकामा भएको भेलाले लक्ष्मि दाहालको अध्यक्षतामा १५ सदस्यीय मौरी पालन महासंघ गठन भएको हो । समितिको उपाध्यक्षमा रोहित कुँवर, सचिव ठाकुरप्रसाद खतिवडा र कोषाध्यक्ष निशा अधिकारी चयन भएका छन् ।
समितिको सदस्यहरुमा टीका खतिवडा, हुतराज पोख्रेल, भास्कर भारद्धाज (निरौला), केबी सुब्बा, गोविन्द दाहाल, निरबहादुर खड्का, सिताराम रेग्मी, मुकेश थापा, रणबहादुर गुरुङ लगतयत रहेका छन् ।
इलाम नगरपालिका १० गोदकमा भएको गठन कार्यक्रममा महासंघका केन्द्रिय सदस्य एवम् १ नम्वर प्रदेशका संयोजक बुद्धिनाथ तिम्सिना, प्रदेश नम्वर एकका सदस्य लेखनाथ दाहाल लगायतको उपस्थिती रहेको थियो ।
गठित समिति तदर्थ भएकाले सवै मौरी पालक किसानलाई समेटेर पुर्ण समिति निर्माण गरिने वताइएको छ ।
सहभागीहरुले यस ब्यवसायमा खासै झन्झट नहुने भए पनि प्राविधिक ज्ञानको कमी, वजेट र वजारको अभावले धेरै किसान यसमा ब्यवसायिक रुपमा लाग्न नसकेको गुनासो गरेका थिए । प्रत्येक स्थानिय तहले मौरी पालन ब्यवसायलाई प्रवद्र्धन गर्ने किसिमका कार्यक्रम ल्याउन आवश्यक रहेको पनि वताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार