इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले नयाँ क्लब उल्भर ह्याम्पटनसँग एक एक गोलको बराबरी खेलेको छ ।
शनिबार भएको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । नयाँ क्लब उलभरले ५७औं मिनेटमा गोल गर्दै अग्रता लिएपछि सिटी दबाबमा आएको थियो ।
उल्भरका लागि विली बोलीले गोल गरेका थिए । १२ मिनेटसम्म मात्रै उल्भरले अग्रता जोगाउन सक्यो । सिटीका लागि एमरिक लापोर्टले फ्रि किक मार्फत ६९औं मिनेटमा बराबरी गोल गरे । त्यस पछि थप गोल हुन नसेकपछि दुवै टिमले एक एक अंक बाड्न बाध्य भए ।