सन्दकपुरमा शिक्षक भेला सम्पन्न

 

बिबिसी हाम्खिम 

सन्दकपुर : इलामको सन्दकपुर गाउपालिकामा गाउपालिका स्तरीय बिध्यालय कर्मचारी भेला सम्पन्न भएको छ।
कार्यलय सहयोगीलाइ नेपाल सरकारका श्रेणीबिहिन कर्मचारी अनुसार सेवा सुबिधा उपलब्ध गराउनु पर्ने कार्यलय सहायकलाई खरिदारलाई प्राथमिक तहका शिक्षकहरु र लेखापाल सुब्बालाई निम्न माध्यमिक तहका शिक्षक सरहको ब्यबस्था गरिनुपर्ने माग रहेका छन। विभिन्न बहनामा जागीरबाट खालिहात निस्कासन गरिएका बिधालय कर्मचारीहरुलाइ उपदानको ब्यब्स्था सम्मानपुर्वक जीवन निर्बाह ब्यब्स्था गरिनुपर्ने घाइते तथा अपाङ्गलाई जिवनबृती तथा मृतकका परिवारलाई क्षतिपुर्तीको ब्यब्स्था गरिनुपर्ने ६० बर्ष उमेर पार गरेका बिधालय कर्मचारीहरुलाइ पेन्सन उपदान संचित बिरामी बिदाको रकम औसधि उपचार खर्च निजामती कर्मचारी वा शिक्षक सरहको सुबिधा उपलब्ध गराउनुपर्ने बिधालयमा कर्मचारीहरुको १० बर्ष भन्दा बढी सेवा अवधि पुगेकालाइ दरबन्दीमा समायोजन गरि एक तह बढुवा गरि समायोजन गर्नुपर्ने, मागहरू सम्बोधन नगरिए २०७५भाद्र ३ र ४ गते देशभरिका सामुदायिक बिधालय बन्द गर्ने २०७५ भाद्र ७ गते काठमाडौमा शान्तिपुर्ण प्रदर्शन गर्ने कडा धर्ना दिने, रहेका छन् । र सोही भेेेलाले गाउपालिका स्तरीय समिती चयन समेत गरेका छ्न
अध्यक्षमा उमेश खनाल सरस्वती उच्च मा,बि सुलुबुङ, उपाध्यक्षमा रमला गुरुङ भिमसुन आ,बि महिला उपाध्यक्षमा रेनुका मगर प्रबोध मा बि सचीव नारायण प्रसाद भट्टराई भानुदय आ,बि सह सचिबमा मुना गुरुङ गरि  २१ जना बिधालय कर्मचारीहरु रहेका छ्न। कार्यक्रम भगवती मा,बि,का कर्मचारी जोखराज खाम्दाकको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार