स्थानीय स्वास्थ्य संस्थामा प्रयोगशाला निर्माण सुरु

धनकुटा : सामान्य प्रकारका रोग परीक्षणका लागि धनकुटाका गाउँ तथा नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थामा प्रयोगशाला निर्माण सुरु गरेका छन् ।

धनकुटाकाको सहिद भूमि गाउँपालिकाले आखिसल्ला स्वास्थ्यचौकीमा, छथर जोरपाटी गाउँपालिकाले सिँदुवा र महालक्ष्मी नगरपालिकाले चानुवामा प्रयोगशाला स्थापना गरी सेवा दिन थालेका छन् ।

करिब चार लाख रुपैयाँको लागतमा स्थापना गरिएका यी प्रयोगशालामा रगत, खकार, एचआईभी परीक्षण गर्न सकिने स्वास्थ्य संस्थाले जनाएका छन् ।

गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामै प्रयोगशाला स्थापना भएपछि धनकुटामा ग्रामीण क्षेत्रका बासिन्दालाई सामान्य परीक्षणका लागि सहर धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार