सापकोटा दम्पतिले दिए माईभ्यालीलाई एम्बुलेन्स (भिडियो सहित)

राम योङहाङ

इलाम : इलामका समाजसेवी एक दम्पतिले माईभ्याली फूटबल क्लबलाई एक थान एम्बुलेन्स निःशुल्क उपलब्ध गराएका छन् ।

सुर्योदय नगरपालिका पञ्‍चकन्याका समाजसेवी तारा सापकोटाले र रोजू सापकोटाले क्लबलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएका हुन् । शुक्रबार इलाम सदरमुकाममा आयोजित एक समारोहमा सापकोटा दम्पतिले माईभ्याली फूटबल क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । तारा सापकोटाले एम्बुलन्सको साँचो र कागजात क्लबका अध्यक्ष धिरेन चेम्जोङलाई हस्तान्तरण गरे ।

एम्बसुलेन्स हस्तान्तण गर्दै समाजसेवी तारा सापकोटाले आगामी दिनमा पनि जिल्ला र जिल्लाबासीका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिवद्धता जनाए । ‘यो सहयोग हाम्रो अन्तिम होईन । आगामी दिनहरुमा समेत विभिन्न सहयोग गरिरहनेछु’ समाजसेवी तारा सापकोटाले भने, ‘जिल्ला र जिल्लाबासीलाई सहयोग गर्न पाउँदै अत्यन्तै हर्षित छु ।’

एम्बुलेन्स बुझेपछि माईभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले सहयोगका लागि सापकोटा दम्पतिलाई धन्यवाद दिदैं क्लबले आवश्यक समन्वय गरी एम्बुलेन्सको सदुपयोग गरिने प्रतिवद्धता जनाए ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा माईभ्याली फूटबल क्बलका पदाधिकारी र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम माईभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष बसन्त थाम्सुहाङ र सञ्‍चाल सचिव दिनेश काफ्लेले गरेका थिए । कार्यक्रममा अखिल नेपाल फूटबल संघका केन्द्रीय सदस्य निरोज खड्कीलगायतले एम्बुलेन्स उपलब्ध गराएकोमा सापकोटा दम्पतिलाई धन्यवाद दिदैं एम्बुलेन्सको सही सदुपयोगका लागि शुभकामना व्यक्त गरेका थिए ।

एम्बुलन्सको साँचो हस्तान्तरण गर्दै तारा सापकोटा र ग्रहण गर्दै माईभ्याली फूटबल क्लबका धिरेन चेम्जोङ ।तस्विर : नयाँ बुलन्द

को हुन् तारा सापकोटा ?

तारा सापकोटा पेशाले व्यापारी हुन् । इलामको साविक पञ्चकन्या गाउँ विकास समिति जरसिंह गाउँमा २०२० सालमा उनी जन्मिएका हुन् । इलाम छाडेर ५० सालयता काठमाडौंमा बसाई सरेका सापकोटाले विभिन्न व्यापारीक क्षेत्रमा लगानी गरेका छन् । उनी आफुलाई बजार व्यवसायी भन्न रुचाउँछन् ।

तरकारी बजार, सुपरमार्केटहरु निर्माण गरि नियमित भाडामा लगाउने गरेका सापकोटाको नियमित आम्दानी नै त्यसको बहाल हो । विभिन्न व्यापारीक संस्था र कम्पनीहरुमा आफ्नो ससानो लगानी भएको उनी बताउँछन् । उनी जग्गा किनबेच गर्ने व्यापारी पनि हुन् । व्यापारबाट आएको आम्दानीबाट नै यसरीनै सधैभरि समाजसेवामा आफुलाई समर्पित गर्न पाउनुनै जीवनको आफ्नो लक्ष्य भएको उनी बताउँछन् । रोजू सापकोटा ताराको जीवनसंगिनी हुन् ।

सापकोटा दम्पतिले यसअघि पनि माईभ्याली फूटबल क्लबलाई नियमित सहयोग गर्दै आएको छ । सापकोटा दम्पतिले माईभयाली फूटबबल क्लबको तेश्रो संस्करणसम्म नियमित पहिलो पुरस्कार सहयोग गरेको थियो । गत वैशाखमा भएको चौथो संस्करणमा भने इलाम नगरपालिकाले पहिलो पुरस्कार सहयोग गरेपछि सापकोटा दम्पतिले दोश्रो पुरस्कार सौजन्य गरेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार