विद्यालयमा खेल मैदान अभाव

गोविन्द पौड्याल

रोङ : इलामको रोङ ६ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा खेल मैदानको अभाव छ । पहिला रहेको खेलमैदानमा विद्यालयले पक्की भवन निर्माण गरेपछि खेलमैदानको अभाव भएको हो ।

खेलमैदान नहँुदा बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलाप गराउन समेत असहज भएको शिक्षक बिदुर तामाङले बताए । विद्यालयको नाममा दर्ता भएको आठ रोपनी चौध आना जग्गा भएपनि हालसम्म धनीपूर्जा नभएको र खेल मैदान निमाणको स्थान भएपनि धेरै लागत लाग्ने भएकोले तत्काललाइ खेल मैदान निमार्ण गर्न नसकिएको प्रधानाध्यापक डुकराज पौडेलले बताए । उनले खेलमैदान निमार्णको लागि गाउँपालिकामा प्रस्ताव पठाइएको समेत जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार