स्विटरल्यान्ड बिरुद्ध ब्राजिलका नेयमारले आज यो चर्चित रंगशालामा गर्दैछन् भिडन्त, नेयमारका फ्यान उनको खेल हेर्न आतुर

एजेन्सी । रोस्टोभ एरिना रंगशाला, क्षमता : ४५,१४५, निर्माण : डिसेम्बर २०१७ , लागत : ३ सय ३० मिलियन डलर (३५ अर्ब ३१ करोड रुपैयाँ)
खेलहरू : १७ जुनमा स्विटरल्यान्ड र ब्राजिल, २० जुनमा उरुग्वे र साउदी अरेबिया, २३ जुन मेक्सिको र दक्षिण कोरिया, २६ जुन आइसल्यान्ड र क्रोएसिया, २ जुलाईमा प्रि–क्वार्टरफाइनल

रोस्टोभ एरिना रसियाको प्रमुख नदी डोनको किनारमै रहेको रंगशाला हो । रंगशालाको छतलाई विशेष शैलीमा निर्माण गरिएको छ । सन् २०१४ मै यसको निर्माण कार्य पूरा भए पनि साना–साना कामले गर्दा यसले पूर्णता भने २०१७ मा मात्र पायो । नयाँ पत्रिकाले छापेको छ ।

अनुमानित बजेटभन्दा १५ प्रतिशत कम लागत अर्थात् करिब ३५ अर्ब ३१ करोड रुपैयाँमा रंगशाला पुनर्निर्माण भएको हो । रंगशालालाई आकर्षक पार्ने क्रममा ५ हजार दर्शक क्षमता घटाइएको छ । यस रंगशालाबाट रसियाको दक्षिण र पश्चिम सहर सजिलै अवलोकन गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार