५० मिनेटको खेल सकिँदा समेत चम्किन सकेनन् मेस्सी, मेस्सी चम्किएको खेल हेर्न अझै पनि प्रतिक्षारत दर्शक

आइसल्याण्डले अर्जेण्टिनाबिचको जारी खेलको दोस्रो हाफ सुरु भएको छ । पहिलो हाफमा निकै प्रतिस्पर्धाकाबिच अर्जेण्टिनाका लागि सर्जियो अगुइरोले गोल गरेपछि त्यसको ४ मिनेटमा नै आइसल्याण्डका जोहानवर्गको क्रसमा अल्फ्रेड फिनबोगासेनले गोल गरेका थिए ।

यसबिचमा अर्जेण्टिनाका स्टार खेलाडी मेस्सीले पटक पाएको गोल गर्ने मौका चुकाएपछि उनी थप दबाबमा देखिएका छन् । दोस्रो हाफमा पनि मेस्सीले सुरुवातदेखिनै गोल गर्ने मौकाको खोजीलाई जारी राखेका छन् । ५० मिनेटको खेल चलिरहँदा मेस्सीले कुनै जादु चलाउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार