अन्तिम मिनेटमा इजिप्टविरुद्ध गोल गर्दै उरुग्वेको विजयी यात्रा सुरु

विश्वकप फुटवलमा उरुग्वेले धमकेदार इन्ट्री गरेको छ । जारी विश्वकफ फुटबलमा इजिप्टलाई पाखा लगाउँदै उरुग्वेले विजयी यात्रा सुरु गरेको हो । खेल सकिन एक मिनेट बाँकी थियो । उरुग्वेलका जोसे मारिया ग्यामिनेजले हेडिङ मार्फत गोल गर्दै टिमलाई जित दिलाए ।

विश्वकपमा केहि समय अघिमात्रै सम्पन्न भएको खेलमा पटक पटक गोल गर्ने मौका गुमाएको उरुग्वेका लागि ग्यामेनिजले अन्तिम समयमा शशक्त हेडिङ गर्दै गोल गरे । जितसँगै समूह ए मा उरुग्वेले ३ अंक जोडेको छ । उरुग्वे दोस्रो स्थानमा छ ।

उद्घाटन खेलमा साउदी अरेबियाविरुद्ध ५–० को जित निकाले रसिया शीर्षमा छ । पराजित इजिप्ट तेस्रो स्थानमा छ भने साउदी चौथो स्थानमा छ ।आजको खेलमा उरुग्वेका लुइस सुआरेज र इडिसन काभानी पटक पटक गोल गर्न चुके भने २३ औं मिनेटमा सुआरेजले ६ यार्ड नजिकै बल पाएपनि गोलपोष्ट बाहिर प्रहार गर्न पुगेका थिए ।

७३ औं मिनेटमा सुआरेज बलअघि बढाउँदै गोलपोष्ट नजिक पुगेपनि इलसेनवाइलाई रोक्न सफल भए। ८३औं मिनेटमा भने इडिसन काभानीले सुआरेजले हेडमार्फत उपलब्ध गराएको पासमा गरेको शशक्त प्रहारलाई गोलकिपर इलसेनवाइले उत्कृष्ट बचाउ गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार