साउदी बिरुद्ध रुसले गर्यो तेस्रो गोल, ७१ औँ मिनेटमा फेरी साउदी स्तब्ध

आयोजक रुस उद्घाटन खेलमा साउदी अरेबिया बिरुद्ध हावी भएको छ । खेल सुरु भएको १२ औँ, ४३ औँ मिनेटमा गोल गरेको रुसले खेलको ७१ औँ मिनेटमा तेस्रो गोल गर्दै साउदीलाई थप दबाबमा रोखेको छ । रुसका लागी तेस्रो गोल ए दुज्बाले गरेका हुन् । उद्घाटन खेलमा रुसी मिडफिल्डर गाजिन्स्कीले १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध नै गोल गरेपछि खेललाई आफ्नो पक्ष्मा लिएको रुसले ४३ औँ मिनेटमा दोस्रो गोल गरेपछि साउदी थप दबाबमा परेको छ । पहिलो हाफमा अघि नै रुसका लागि दोस्रो गोल भएपछि खेल रोमाञ्चक मोडमा प्रवेश गरेको छ ।

रुस र साउदी अरेबीयाको इतिहास हेर्दा उनीहरुबीच अहिलेसम्म मात्र २ पटक भेट भएको छ ।जसमा रुसले साउदीलाई एकपटक पराजित गरेको छ । अर्को एक खेलमा दुवैले बराबरी खेलेका थिए । विश्व वरियतामा भने साउद अ‍ेरेवीया रुसभन्दा बलियो छ । साउदी विश्व वरियताको ६७ औं स्थानमा छ भने रुस ७० औं वरियतामा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार