जसले रेकर्ड राख्दै रुस विश्वकपमा पहिलो र दोस्रो गोल गरे

रुस विश्वकपको पहिलो गोल युरी गाजिन्स्कीको नाममा दर्ता भए लगत्तै डेनिस चेरीशेभले दोस्रो गोल गरेपछि रुस साउदी अरेबिया बिरुद्ध हावी भएको छ । उद्घाटन खेलमा रुसी मिडफिल्डर गाजिन्स्कीले १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध नै गोल गरेपछि खेललाई आफ्नो पक्ष्मा लिएको रुसले ४३ औँ मिनेटमा दोस्रो गोल गरेपछि साउदी थप दबाबमा परेको छ । पहिलो हाफमा अघि नै रुसका लागि दोस्रो गोल भएपछि खेल रोमाञ्चक मोडमा प्रवेश गरेको छ ।

रुस र साउदी अरेबीयाको इतिहास हेर्दा उनीहरुबीच अहिलेसम्म मात्र २ पटक भेट भएको छ ।जसमा रुसले साउदीलाई एकपटक पराजित गरेको छ । अर्को एक खेलमा दुवैले बराबरी खेलेका थिए । विश्व वरियतामा भने साउद अ‍ेरेवीया रुसभन्दा बलियो छ । साउदी विश्व वरियताको ६७ औं स्थानमा छ भने रुस ७० औं वरियतामा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार