नेविसंघ र प्रहरीबीच तनहुँमा झडप, ४ विद्यार्थी नेता घाइते

पेट्रोलियम पदार्थको मुल्यबृद्धिको विषयलाई लिएर नेविसंघले गरेको प्रदर्शनमा झडप भएको छ । तनहुँको दमौलीमा नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न खोज्दा झडप भएको हो ।

झडपमा नेविसंघ तनहुँका जिल्ला अध्यक्ष चुडामणि खनाल, पुर्व केन्द्रिय सदस्य लक्ष्मीभक्त खनाल, सचिव विमल गिरी र क्षेत्रीय सभापति समुन थापामगर घाइते भएको प्रवक्ता हरि खनालले जानकारी दिए ।

नेविसंघका नेता तथा कार्यकता मसाल जुलुससहित नाराबाजी गर्दै वजारको मुख्य चोकमा ओलीको पुत्ला दहन गर्न खोजेका थिए । प्रधानमन्त्री ओलीको पु्त्ला दहनपछि आयोजित कोण सभालाई सम्वोधन गर्दै पुर्व केन्द्रिय सदस्य लक्ष्मीभक्त खनालले लोकतन्त्रमा विरोध गर्न पाइने बताउँदै नेविसंघका नेताहरुमाथि दमन गरेर आन्दोलन नरोकिने बताए । नेविसंघ तनहुँले मुल्यवृद्धि र बालकृष्ण ढुंगेलको रिहाइमा असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले मसाल खोस्न खोज्दा प्रहरी र विद्यार्थीबीच सामान्य धकेलाधकेल भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार