नेविसंघको आन्दोलनमा प्रहरीको दमन , प्रधानमन्त्रीको पुत्ला जलाइयो

झापा । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा कांग्रेस निकट नेवि संघले झापाको विर्तामोडमा गरेको विरोध कार्यक्रममा प्रहरीले दमन गरेको छ ।

प्रहरीले नेपाल विद्यार्थी संघ झापाले आयोजना गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन कार्यक्रममा  हस्तक्षेप गरि विद्यार्थी नेताहरुलाई केहि बेर नियन्त्रणमा लिएर छाडेको छ ।

नेविसंघ २ नम्बर क्षेत्रिय सभापति पोषराज कट्टवालका अनुसार नेविसंघ झापा जिल्ला कार्यवाहक सभापति राजेन्द्र उप्रेती , सहसचिव याम भुजेल र सदस्यहरु बसन्त आचार्य , दिपक नेपाल, सञ्जय निरौला, सन्तोष भट्टराई लगायतका नेताहरुलाई केहिबेर नियन्त्रणमा लिएर छाडेको हो ।

दमनका बाबजुदत पनि नेविसंघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको क्षेत्रिय सभापति कट्टवालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार