प्युरेमा स्प्रिङकल सिचाइ योजना सञ्चालनमा

रोङ : प्युरेमा स्प्रिङकल सिचाइ योजना सञ्चालनमा आएपछि गाउलेलाई खेतीपातीमा सहयोग पुगेको छ ।

५ बर्ष अघि आएको पहिरोले गाउमा सञ्चालनमा रहेको पैनी बगाएपछि किसानहरुले हिउदे खेती गर्न छाडेका थिए । तर ५० एम एमको करिब १ हजार मिटर पाइप खरिद गरी सिचाइको लागि प्रयोग गरिएपछि गाउलेलाई राहत मिलेको उपभोक्ता समितिका अध्यक्ष तुलसीराम खड्काले बताउनु भयो

सु. नपा ६ तारगाउमा दुग्ध सहकारी संस्थाको आयोजना र उन्नती बिकास परियोजनाको सहयोगमा संचालित तीनदिने पशुस्वास्थ्य र नस्ल सुधार संबन्धि तीनदिने तालिम आज सम्पन्न भयो ।

२५ जना किसानको सहभागिता रहेको तालिममा बष्टि पशु बिकास अधिकृत पशुपती ढुगनाले सहजीकरण गर्नु भएको थियो ।दुग्ध संस्थाको भवनमा भएको कार्यक्रम संस्थाको अध्यक्ष कमल पौडेलको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार