इलाम : इलाममा आगामी असार १४, १५ र १६ गते १ नम्वर प्रदेश स्तरिय युवा महोत्सव हुने भएको छ ।
युवाहरुको क्षमता अभिबृद्धि गर्ने र युवाहरुको ब्यवसाय प्रवर्दन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको हो ।
जिल्ला युवा समितिको कार्यालय इलामले आयोजना गरेको महोत्सव तिन दिनसम्म सञ्चालन हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो ।
महोत्सवमा १ नम्वर प्रदेशका १४ जिल्लामा उत्पादन भएका र जिल्लाकै प्रतिनिधित्व हुने वस्तुहरुको प्रदर्शन समेत गरिने छ । युवाहरुले उत्पादन गरेका वस्तुहरु इलाम चोक वजारमा स्टल बनाएरै प्रदर्शनमा राखिने युवा समिति अध्यक्ष नवराज शंकरले जानकारी दिए ।
२५ वटा स्टल मध्ये १३ वटा स्टल इलामभन्दा बाहिरी जिल्लाबाछ एकएक वटा र इलामका १२ वटा स्टल रहने जनाइएको छ । महोत्सव अन्तर्गत जिल्लाको उत्तरी क्षेत्रमा रहेको पर्यटकिय स्थल माइपोखरीमा कविता प्रतियोगिता समेत गरिने छ ।१४ गते उद्घाटन भएर युवा लक्षित कार्यक्रम सहित १ नम्वर प्रदेशको युवा घोषणा पत्र जारी गर्दै १६ गते कार्यक्रम समापन गरिने अध्यक्ष शंकरले जानकारी दिए ।
कार्यक्रममा १ नम्वर प्रदेशका मुख्य मन्त्रि आउने कार्यक्रम भएपनि उद्घाटनमा राष्ट्रपती ल्याउनका लागि प्रयास भइरहेको वताइएको छ ।सोहि कार्यक्रममा आर्थिक वर्ष २०७४÷०७५ को कार्यक्रमहरुको समिक्षा समेत गरिएको थियो । सो अवधिमा युवा लक्षित गरिएको कार्यक्रमका विषयमा कार्यालय प्रमुख बाबुराम पोखरेलले जानकारी गराएका थिए ।युवा उद्यम कार्यक्रम अन्तर्गत पाँच लाख निब्र्याजी चारवटा समूहले ऋण पाएका छन् ।
ब्रोइलर पालनका लागि सुर्योदय नगरपालिकाको जनज्योती कृषि तथा पशुपालन समुह, होमस्टेका लागि फाकपोकथुमको उकतप्पामा रहेको चम्जम्लुङ उद्यमी युवा विकास समूहले सो रकम पाएका छन् । त्यस्तै कुखुरा पालन तर्फ देउमाई छ मा रहेको सुनौलो विहानी पशुपालन युवा समूह र गाइपालनका लागि जोगमाइ ७ मा रहेको धजे गुफा पश्पालन समूहले रकम पाएका छन् ।
यस वर्षका लागि निर्वाचन १ अन्तर्गत अजम्बरी कृषक समूह र २ को गाउँले युवा समूहले रकम पाउने भएका छन् । युवा कार्यालय सञ्चालन र कार्यक्रमका लागि यस आवमा ३३ लाख ६७ हजार २०० रुपयाँ रकम रहेको वताइएको छ ।आगामी ७५ असार मसान्त पछि जिल्लामा रहेको यस कार्यालय सम्वन्धीत गाउँपालिका र नगरपालिकामा स्थान्तरण गरिने वताइएको छ ।