विश्वकप फुटबल २०१८ को अवसरमा १ रुपैंयामा फुटबल जर्सी उपलब्ध गराइदै

काठमाडौं : विश्वकप फुटलको रौनक छाउँदै गर्दा तपाई आफुलाई मन पर्ने देशको जर्सी किन्ने सोचमा हुनुहुन्छ भने मोबाइल एप रिचार्जर (Reecharger) ले १ रुपैंयामा त्यस्तो जर्सी उपलब्ध गराउने भएको छ ।

आफ्नो ब्राण्ड प्रवद्र्धनका साथै नेपाली फुटबल प्रेमिलाई ९९९ रुपैंयाको जर्सी १ रुपैंयामा उपलब्ध गराउने अफर रिचार्जर ले ल्याएको हो । विश्वकप फुटबल सुरु हुन २ साता मात्र बाँकी हुँदा रिचार्जर ले ठुलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो । यो अफर आगामि आइतबार अर्थात जुन ३ तारिखका दिन दिउँसो १२ बजेबाट सुरु हुनेछ । यो अफर रिचार्जर को वेबसाइटमा नभई मोबाइल एपमा मात्र लागू हुनेछ ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० रुपैंया क्यास व्याक पाउने छन् । त्यस पछि जतिको मोबाइल रिचार्ज गर्नु हुन्छ, त्यत्ति नै क्यास व्याक पाउनु हुन्छ । यसरी प्राप्त हुने क्यास व्याकलाई रिचार्जर बाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ ।
‘तपाईले ५०० क्यास व्याक सदुपयोग गरी १ रुपैंया मात्र भुक्तान गर्दा ९९९ रुपैंयाको जर्सी पाउनु हुनेछ ।’ ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने । उनका अनुसार यो अफर सिमित अवधिका लागि मात्र लागू हुनेछ । ग्लाइडरका अनुसार प्रत्येक एक महिनामा यस्ता अफरहरु नियमित रुपमा सञ्चालन गरिनेछ ।

‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा तपाईले ११ वटा बैंकको इ बैंकिंग, इसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्नु हुन्छ ।’ ग्लोबल की टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले भने ।‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जर गुगल प्ले तथा एप्पल एप स्टोरमा गरी ४५ हजारभन्दा बढी डाउनलोड भैसकेको छ । नेपालमा चलन चल्तीमा रहेका १ हजार बढी ब्राण्डसंग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य रिचार्जर ले लिएको छ । होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवाप्रदायकका बिलहरु पनि तिर्न सकिने तयारी गरिरहेको रिचार्जर एपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार